ब्रिट्नीको तेस्रो विवाह पनि टुट्यो

ब्रिट्नीको तेस्रो विवाह पनि टुट्यो

ख्यातिप्राप्त हलिउड पप स्टार ब्रिट्नी स्पेयर्स एक पटक फेरि पनि वैवाहिक सम्बन्धका कारण चर्चामा छिन्।

खबरअनुसार ब्रिट्नीको तेस्रो वैवाहिक सम्बन्ध हालै टुटेको छ। १४ महिना अघि मोडल, अभिनेता एवम फिटनेस टझेनर साम आसगरीका साथ विवाह गरेकी ब्रिट्नीका पतिले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको बीबीसीले जनाएको छ। उनीहरुको तर्फबाट यस विषयमा हालसम्म कुनै आधिकारीक कुरा नआए पनि उनीहरुको सम्बन्धमा दरार आएको खवर केहि हप्तादेखि सञ्चार माध्यममा छाएको एजेन्सीले जनाएका छन्।

एजेन्सीका अनुसार धोखाधडीको आरोपमा विवाद भएपछि उनीहरु अलग हुन लागेका हुन्। ब्रिट्नी र आसगरीको पहिलो भेट सन् २०१६ मा एक म्युजिक भिडियोको सुटिङ सेटमा भएको थियो। सात वर्षदेखि एक अर्कासँग नजिक रहेका उनीहरुको विवाहको एक वर्ष पछि नै टुट्न लागेको खवरले फ्यानहरु भने अचम्ममा परेका छन्। ब्रिट्नी र सामको १२ वर्षको उमेर अन्तर रहेको छ। ब्रिट्नी ४१ वर्ष भईन् भने साम २९ का छन्।

ब्रिट्नीले सन् २००४ मा जेसन एलनका साथ विवाह गरेकी थिईन्। तर त्यहि वर्ष नै उक्त सम्बन्ध टुट्यो भने सोही वर्ष उनले अभिनेता तथा ड्डयापर केविन फेडरलाईनका साथ विवाह गरेकी थिईन्। उनीबाट ज्यादेन र सिहान गरि दुई छोराको जन्म भएको थियो। उक्त विवाह पनि सन् २००७ मा अन्त्य भएको थियो।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *