प्रतिभा माविमा अंग्रेजी तथा नेपाली वक्तृत्वकला

प्रतिभा माविमा अंग्रेजी तथा नेपाली वक्तृत्वकला

पोखरा । प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीहरुबीच नेपाली तथा अंग्रेजी भाषामा वक्तृत्वकला प्रतियोगिता भएको छ । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुुसार नेपाली विषयमा ‘वैदेशिक रोजगारः चुनौती र अवसर’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता भएको थियो । अंग्रेजी भाषामा गरिएको प्रतियोगितामा ‘२१ औं शताब्दीमा साइबर क्राइम’ विषयमा प्रतिस्पर्धा भएको थियो ।

नेपाली भाषाको वक्तृत्वकलाका निर्णायकहरूमा डा. पुण्यप्रसाद शर्मा, बोधराज ढकाल, राधाकृष्ण गैहे्र थिए । अंग्रेजीतर्फको निर्णायकमा यादव सुवेदी, आकाश सुवेदी र अजय पौडेल थिए । अंग्रेजीतर्फको प्रतिस्पर्धामा महिमा विक प्रथम, कविन्द्र आचार्य द्वितीय र आयान इकवाल तृतीय भए ।

नेपाली भाषातर्फको प्रतिस्पर्धामा दिपाली भट्टराई, प्रकृति सुवेदी र पूर्णिमा पौडेलले क्रमशः प्रथम, द्वितीय र तृतीय भए । विद्यार्थीमा भएको आन्तरिक क्षमता बाहिर ल्याउनका लागि प्रतिस्पर्धा गरिएको प्राचार्य सापकोटाले बताए । अतिरिक्त क्रियाकलाप प्रतियोगिताअन्तर्गत वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *