अमरज्योति गाउँफर्कको ६३ औं वार्षिकोत्सव

अमरज्योति गाउँफर्कको ६३ औं वार्षिकोत्सव

लेखनाथ । अमरज्योति गाउँफर्क मावि, पोखरा–२६ ले ६३ औं वार्षिकोत्सव अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ । विद्यालय संस्थापक सदस्यीय ज्येष्ठ नागरिक शक्तिवल्लभ ढुंगानाले ग्रामीण क्षेत्रमा स्थापना भएको विद्यालयले दक्ष जनशक्ति निर्माणमा खेलेको भूमिका महत्वपूर्ण भएको बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाशमोहन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रअ दामोदर सापकोटाले विद्यालयको शैक्षिक सुधारका लागि सबैको साथ र सहकार्य आवश्यक रहेको धारणा राख्दै विद्यालयको बर्तमान अवस्था र भावी योजनाका बारेमा जानकारी गराए ।

कार्यक्रममा विद्यालयमा अक्षयकोष स्थापना गर्ने सम्पूर्ण संरक्षकको प्रतिनिधित्व विद्यालयका कम्प्युटर संयोजक विष्णु बरालले गरेका थिए । वडाका जनप्रतिनिधि तीर्थबहादुर राजभाट, लक्ष्मीदेवी भट्टराई र सुदीपराज ढुंगानाले र भूपू विव्यस सदस्य चन्द्रबहादुर रानाभाट, भूपू शिक्षक ईश्वरीप्रसाद अधिकारी, छिमेकी विद्यालयको तर्फबाट भवानी कालिका माविका प्रअ रमेश भट्टराई, चन्दादाता वसन्तमोहन भट्टराई, अभिभावक विचित्र भण्डारी र शिक्षक अभिभावक संघका अध्यक्ष देवानन्द दाहाललगायतले बोलेका थिए ।

सोही अवसरमा स्व. रुकविना तिवारी र ताराभगवती अक्षयकोषको बैंकको ब्याज रकमबाट विद्यालयका सम्पूर्ण विद्यार्थीलाई खेलकुद पोसाक संरक्षकबाट वितरण गरिनुका साथै शैक्षिक सत्र २०७९ को विभिन्न विद्याको पुरस्कार वितरण गरिएको सहायक प्रअ पवित्रमणि ढुंगानाले बताए । सो अवसरमा विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए भने डिजिटल प्रविधिको प्रयोग गरी सम्पूर्ण गतिविधि प्रदर्शन गरिएको थियो ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *