अस्लन एजुकेसन कन्सल्टेन्सी उद्घाटन

अस्लन एजुकेसन कन्सल्टेन्सी उद्घाटन

पोखरा।  पोखराको रानीपौवामा अस्लन एजुकेसन कन्सल्टेन्सी सञ्चालनमा आएको छ । विगतमा पाइथागोरस सञ्चालन गरेका बालचन्द्र परियारले अनुपमान बज्राचार्यसँग मिलेर कन्सल्टेन्सी सञ्चालनमा ल्याएका हुन् ।

बुधबार उक्त कन्सल्टेन्सीको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) केन्द्रीय उपाध्यक्ष भुवन क्षत्रीले उद्घाटन गरे । समारोहमा बोल्दै उनले अवसरको खोजी गर्नु मानवीय स्वभाव हो भने । उनले विदेशमा जानका लागि कन्सल्टेन्सीले पुलको काम गर्दै आएको बताए । उनले भाषाको ज्ञान, शैक्षिक योग्यता र परिवारजनको आर्थिक स्थितिमा विदेशयात्रा निर्भर रहने उल्लेख गर्दै विदेशा सिकेको ज्ञान सीप स्वदेशमा फर्किएर प्रयोग गर्नुपर्ने सुझाव दिए । उनले शिक्षा मन्त्रालयअन्तर्गत देशभर १ हजार ४ सय ७३ कन्सल्टेन्सीमात्र रहेको तथ्यांक दिँदै कतिपय कन्सल्टेन्सी खुलमखुला सञ्चालित भएकोमा नियमन गर्नुपर्ने बताए ।

इन्क्यान कास्की अध्यक्ष रमेशकुमार थापाले विदेशमा कुन खालको शिक्षा, रोजगारी, कलेज छान्दा सजिलो हुन्छ भन्ने विषयमा विद्यार्थीलाई परामर्श दिने आफूहरुको काम हो भने । त्यसकारण उनले आफूहरुलाई मिडियटरको रुपमा चिनाए ।

पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले अहिलेका केटाकेटीमा १२ पास गर्नेबित्तिकै विदेश मोह रहेको बताए । उनले अस्लनलाई व्यावसायिक सफलताको शुभकामना पनि दिए । पाल्पाली समाज पोखराका सल्लाहकार संयोजक एवं पूर्व प्राध्यापक जनपुकार मुनंकर्मीले यहाँ पढेलेखेका व्यक्ति विदेशमा गएर तल्लोस्तरको काम गर्न बाध्य भएको बताए । उनले विदेश जान सकिने भए पनि त्यहाँ सिकेको ज्ञान सीप स्वदेश फर्किएर यहाँको माटोमा खन्याउनुपर्ने सुझाव दिए । लायन्स क्लब अफ पोखरा सेन्ट्रल सेन्चुरीका अध्यक्ष रनबहादुर विश्वकर्माले पाइथागोरस एजुकेसनको लामो अनुभव बोकेका सञ्चालक बालचन्द्र तथा अनुपमानलाई अझ प्रगतिको शुभकामना दिए ।

रन्जित हाउसको माथिल्लो तलामा रहेको अस्लनले अष्ट्रेलिया, बेलायत, अमेरिका र क्यानडा पठाउने जनाएको छ । सञ्चालक बालचन्द्र परियारको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अर्का सञ्चालक अनुपमान कर्माचार्य र सञ्चालन इक्यान कास्की सचिव कमलनाथ बरालले गरेका थिए । प्रमुख अतिथिको निम्तो पाएका इक्यान केन्द्रीय अध्यक्ष शेषराज भट्टराई मौषम खराबीले उपस्थित हुन सकेनन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *