महिला संघ पोखरा महानगरमा अम्बिका

महिला संघ पोखरा महानगरमा अम्बिका

पोखरा । नेपाल महिला संघ पोखरा महानगर समिति अध्यक्षमा अम्बिका ढुंगाना मनोनीत भएकी छन् ।

महिला संघ कास्की जिल्ला अध्यक्ष मीना पाण्डेले उनलाई बुधबार नगर सभापतिको जिम्मा दिएकी हुन् ।

पाण्डेले ढुंगानालाई दिएको पत्रमा भनिएको छ, ‘नेपाली कांग्रेस र नेपाल महिला संघको सांगठानिक सुदृढीकरणमा तपाईंले पु¥याउनु भएको योगदानको उच्च कदर गर्दै नेपाल महिला संघको विधान, २०५८ को धारा ३८ र ४१ अनुसार तपाईंलाई नेपाल महिला संघ, पोखरा नगरको सभापति पदमा मनोनयन गरिएको छ ।’

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *