लोकगायक थापालाई सहयोग गर्न अपिल

लोकगायक थापालाई सहयोग गर्न अपिल

चलचित्र लोक गायक तथा सर्जक रेशम थापा उच्च रक्तचापका कारण अस्वस्थ भएपछि आइतबारदेखि अन्नपूर्ण न्युरो अस्पतालको आईसीयूमा उपचाररत छन्।

शनिबार रक्तचाप बढेर जोरपाटीस्थित आफ्नै निवासमा ढलेका उनलाई चावहिलस्थित हेल्पिध्र ह्यान्डस अस्पताल र त्यसपछि ग्रिनसिटी अस्पताल पुर्याइए पनि त्यहाँबाट न्युरो अस्पताल रेफर गरिएको थियो। संगीतकर्मी संघका कार्यवाहक अध्यक्ष तथा गायक प्रकाश कटुवालका अनुसार रक्तचापका कारण ढलेका उनको शरीरको आधा भागमा प्यारालाइसिस भएको छ भने मस्तिष्कको नशामा असर परेकाले शल्यक्रिया गर्नुपर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन्। उपचारका लागि ठूलो धनराशि खर्च हुने र थापाको आर्थिक अवस्था कमजोर भएको उल्लेख गर्दै संघले रेशम थापा बचाउ अभियान सञ्चालन गरेर उनको उपचारमा सहयोगको अपिल गरेको छ। थापाको उपचारका लागि गायक गायिकालगायत केही व्यक्तिबाट सहयोग संकलन भइरहेको जनाइएको छ।

संघका संस्थापक तथा पूर्वअध्यक्षसमेत रहेका थापाले रुमालै छ चिनो, मेरो फोटो किन पो जलायौ, सरिता, मेरै भन्थेऊ अर्कैलाई सुहायौ, छुट्नै परे बीस पिउला नि, मेरो झल्को मेटाउने को पायौ, नउने आमा मखमली, पराई घरमा, फुल्यो जमुना, बेसी टारी खेतजस्ता सयौं गीत गाएका छन्। उनले पछिल्लो समय म बाँचू कसरी बोलको गीत ल्याएका थिए।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *