यो सरकारले फेल खाँदैन, सफल हुन्छ : प्रधानमन्त्री प्रचण्ड

यो सरकारले फेल खाँदैन, सफल हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदीय समिति बनाउँदा सहमतिको वातावरणले सरकार गठन र पूर्णता दिने कुरालाई सहजता ल्याउने बताएका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संसदीय समिति बनाउँदा बनेको वातावरणले सरकार गठन र पूर्णता दिने कुरालाई सहजता ल्याउने बताएका हुन् । उनले सरकार सफल हुने पनि बताए ।

उनले भने, ‘मलाई लाग्छ सरकार फेल खाएको छैन र फेल खाँदैन । सरकार सफल हुन्छ । छलफल सकारात्मक ढंगले नै अगाडी बढ्छ भन्ने मेरो विश्वास छ । हिजो सदनमा समिति बनाउँदा जुन सहमतिको वातावरण बनेको छ, त्यसले सरकार गठन र पूर्णता दिने कुरामा पनि सहजता ल्याउँछ भन्ने मेरो विश्वास छ ।’ प्रधानमन्त्री दाहालले सरकार फेल नहुने बताए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *