राजनीतिशास्त्र विभागको कार्यशाला गोष्ठी

राजनीतिशास्त्र विभागको कार्यशाला गोष्ठी

हेमजा, ११ भदौं । राजनीतिशास्त्र विभाग पृथ्वीनारायण क्याम्पस आयोजनामा विभागीय सदस्यबीच चारदिने कार्यशाला गोष्ठी सम्पन्न भयो ।

अनुसन्धान तथा प्रकाशनलाई समसामयिक एवं प्रभावकारी बनाउन, अनुसन्धानका माध्यमले नवीन ज्ञान तथा पुनर्ताजगी तालिम र अभ्यास गराउन, शोधपत्र, अनुसन्धानात्मक लेख लेख्न सवल बनाउन, अनसन्धान परियोजना कार्य सञ्चालनमा योग्य बनाउन, शोधपत्र लेखनमा स्तरीयता तथा एकरुपता कायम गराउने उद्देश्यले कार्यशाला गरिएको हो ।

गोष्ठी समापन गर्दै प्राडा विकासकुमार केसीले गोष्ठीबाट विभागको गुणस्तरमा विकास हुने विश्वास व्यक्त गरे । उनले विभागले आगामी दिनमा समेत यस्तै प्राज्ञिक कार्यमा अग्रता लिनुपर्ने बताए ।

विभागीय सदस्यद्वय कमलराज पौडेल तथा गजेन्द्र चुवाइले गोष्ठी महत्वपूर्ण बनेको स्पष्ट पार्दै विभागको इतिहासमा यस्तो कार्यक्रम पहिलो भएको औंल्याए ।

त्यस अवसरमा प्राडा उमनाथ बराल, प्राडा मीन पुन, विभागीय प्रमुख प्राडा गिरधारी दाहाल, डा. हसर पाठक र डा. थनबहादुर क्षत्रीले प्रशिक्षकको भूमिका निर्वाह गरे । प्रशिक्षक प्राडा मीन पुनले गोष्ठी नमुनारुपमा सम्पन्न भएको बताए । विभागीय प्रमुख डा.दाहालको अध्यक्षतामा भएको गोष्ठीको सञ्चालन विभागीय सदस्य भीमनाथ बरालले गरेका थिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *