भदौ २० गतेदेखि २४ गतेसम्म ललितपुरमा महिला उद्यमी मेला–२०८० हुँदै

भदौ २० गतेदेखि २४ गतेसम्म ललितपुरमा महिला उद्यमी मेला–२०८० हुँदै

ललितपुर । साना तथा मझौला व्यवसायी महासंघ नेपालले महिला उद्यमी मेला–२०८० आयोजना गर्ने भएको छ ।

शुक्रवार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भदौ २० गतेदेखि २४ गतेसम्म ललितपुर पुल्चोकस्थित याक प्यालेसमा महिला उद्यमी मेला–२०८० गर्ने जानकारी दिएको हो । महासंघले महिलाहरुले उत्पादित सामग्री प्रवद्र्धन तथा विकास गर्ने उद्देश्यले महिला उद्यमी मेला–२०८० गर्ने लागेको बताएको छ ।

पत्रकार सम्मेलनमा महासंघका महासचिव कुमार भुजेलले एक घर एक व्यवसायप्रति प्रतिबद्ध साना तथा मझौला व्यवसायीहरुलाई एकीकृत रुपले एकताबद्ध गराउने उद्देश्य रहेको बताए । उनले साना तथा मझौला उद्यमीहरुको मुलुकभर सञ्जाल बिस्तार गरी उद्यमशिलता र बहुआयामिक उत्पादनहरुको विकास र प्रवद्र्धनका निम्ति सहजिकरण गर्ने उद्देश्यले ५ दिने महिला उद्यमी मेला आयोजना गर्न लागिएको बताए ।

उनले मेलामा महिला उद्यमीहरुले उत्पादन गरेका हस्तनिर्मित सामानहरु हस्तकला, लत्ताकपडा, कस्मेटिक सामग्री, दैनिक उपभोग्य सामानहरु, खाद्यान्न सामग्री, नर्सरी तथा फलफूल, कृषिजन्य उत्पादन, काष्ठजन्य घर सजावटका सामग्री, विभिन्न आर्टहरु प्रदर्शनीमा राखिने छ । प्रदर्शनीमा ७० वटा स्टल राखिने र महिला उद्यमी मेलामा १० हजारले अवलोकन गर्ने अपेक्षा रहेको उनले बताए । मेलामा ५० लाखसम्म कारोबार हुने अपेक्षा पनि आयोजकको छ ।

त्यस्तै महासंघकी सहअध्यक्ष इन्दु पौडेलले महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको बजार प्रवद्र्धन र महिला उद्यमीहरुको विकास संरक्षण गर्नको लागि मेलाको आयोजना गर्न लागेको बताइन् । उनले बजारिकरणको राम्रो व्यवस्था नहुँदा नेपाली महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुले बजार पाउन नसकेको गुनासो गरिन् । उनले सरकारले महिला उद्यमीहरुको विकास प्रवद्र्धन गर्न आवश्यक रहेको बताइन् । उनले मुलुक संघीयतामा गएसँगै तीन तहको सरकार रहेको भन्दै प्रदेश सरकारहरुले प्रत्येक प्रदेशमा एक÷एक वटा महिला उद्यमीहरुद्वारा उत्पादित वस्तु बिक्री केन्द्र बनाउन माग गरिन् ।

महासंघले महिला उद्यमी मेलामा राष्ट्रिय कलाकारहरुबाट विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमहरु समेत हुने जनाएको छ । मेलामा महिला उद्यमीहरुले स्टल राख्नको लागि उत्साहित देखिएको भन्दै ७० वटै स्थलहरु बुक भइसकेको महासंघले जनाएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *