माओवादी केन्द्रद्वारा अनाथ विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग

माओवादी केन्द्रद्वारा अनाथ विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वाडा ८ मा रहेको निजानन्द एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुलाईलाई माओवादी केन्द्रका नेता रणबहादुर गुरुङ नेतृत्वको टोलीले शैक्षिक सामग्री वितरण गरेको छ ।

जनतसँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्रीका साथै विभिन्न खाने कुराहरु वितरण गरिएको हो ।

बाग्मती प्रदेश कमिटी सदस्यसमेत रहेका गुरुङ माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत कागेश्वरी – ८ को नेतृत्व गरिरहेका छन् ।

विद्यालयमा ६२ अनाथ बालबालिका अध्ययन गरिरहेका छन् । कार्यक्रममा वरिष्ठ हास्य कलाकार रामचन्द्र अधिकारी त्यस क्षेत्रका माओवादी नेता तथा विद्यालयका पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको बताइएको छ ।

माओवादीले आफ्नो ३ महिने अभियानमार्फ देशभर ८ लाख पार्टी सदस्य पुर्याउने लक्ष्य लिएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज यस अभियानको औपचारिक उद्घाटन गरिसकेका छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *