पोखरा। नेसनल प्याब्सन कास्कीको शुक्रबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट पुनः हेमन्त अधिकारी निवार्चित भएका छन् । समतिको उपाध्यक्ष मनकाजी गु?ङ, सचिव प्रेमराज अधिकारी, कोषाध्यक्ष राजु केसी निर्वाचित भएका छन् ।
सदस्यहरू रमेशराज पौडेल, अर्जुनप्रसाद अधिकारी, ज्ञानेन्द्रबहादुर थापा, अर्जुनप्रसाद पाण्डे, राजु कायस्थ, तोलाकान्त न्यौपाने, शिवराज पौडेल, सञ्जय पौडेल र हरिराज अधिकारी निर्वाचित भएका छन् ।
अधिवेशन पूर्वको उद्घाटन कार्यक्रममा पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले शिक्षामा निजी क्षेत्रले गरेको लगानीलाई अवमूल्यन गर्न नहुने बताएका छन् ।
महŒवपूर्ण ऐन तथा विधयेक आउँदा कुन कुनाबाट छिरेर आउँछ त्यो पत्तै हुँदैन, हालै आएको शिक्षा विधयेकको प्रसंग कोट्याउँदै उनले भने, ‘यस्ता खालका ऐन विधयेक आउँदा सम्बन्धित सरोकारवालाहरूसँग छलफल गरेर ल्याए मात्रै समस्या हल हुन्छ ।’
उनले निजी विद्यालयसँग पोखरा महानगरपालिका सधै सहकार्य गरेर अगाडि बढ्ने बताए । ‘समस्या आएमा एउटै टेबुलमा बसेर छलफल गर्नुपर्दछ, अन्तरविरोधमा गएर शैक्षिक क्षेत्रको विकास गर्न सकिँदैन’ उनले भने, ‘पक्ष प्रतिपक्ष बन्नु हँुदैन एक ठाउँमा बसेर सहकार्यका साथ समस्या समाधान गर्नुपर्दछ ।’
सामुदायिक विद्यालय आफैंमा सबल भएमा निजी विद्यालयका लगानीकर्ताले नयाँ बाटो खोज्ने बताउँदै उनले निजी विद्यालयलाई गाली गरेर मात्रै शैक्षिक फड्को मार्न नसकिने उल्लेख गरे ।
नेसनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालले शिक्षा क्षेत्रलाई नै तहसनहस गरी शिक्षा विधयेक आएकै कारण विरोधमा उत्रिन परेको बताए ।
‘करोडौं करोड लगानी गरेको र जवानी पनि यही क्षेत्रमा बिताएर मुलकको शिक्षालाई समृद्ध बनाउन हामी लागि परेका छौ’ उनले भने, ‘हाम्रो अस्तित्व नै स्वीकार नगरी जुन ढंगले विधयेक आयो यस विषयमा हामीले विरोध ग¥यौं र सरकार पछि हट्यो ।’
उनले सरोकारवालहरूसँग छलफल गरेर मात्रै विधयेकलाई अगाडि बढाउने नेपाल सरकारसँग सहमति भएसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेको बताए ।
गण्डकी प्रदेश शिक्षा निर्देशनालयका प्रमुख अम्बिकाप्रसाद आचार्यले सामुदायिक तथा निजी विद्यालयको नियमन र सहजीकरण गर्ने काम नेपाल सरकारको भएको बताए ।
‘हामी सबैको पक्षधर नै हो राम्रो गर्नेलाई फैलाउने र कमजोरी गर्नेलाई औल्याउने काम गर्दछौं’ उनले भने, ‘विद्यार्थीको लागि हित गर्ने र टेवा पुग्ने उद्देश्यले नै विद्यालय स्थापना भएका हुन्, फरक चिन्तन, फरक धारणा र फरक चाहानले हामीले विभेद गर्दैनौं ।’
उनले मूलुकका लागि शिक्षा प्रदान गरेर विदेशिने धनराशी नेपालमा नै टिकाउने र दक्ष जनशक्ति उत्पादन गरी जताततै बिकाउने काम निजी विद्यालयले गरेको उल्लेख गरे ।
शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले सामुदायिक विद्यालयले पनि अब अंग्रेजी माध्यममा पढाइ सु? गर्न थालेको बताउँदै नेपाल अब दुई खाल शिक्षा नहरेको उल्लेख गरे । नेसनल प्याब्सनका केन्द्रीय सहअध्यक्ष सुभाष न्यौपानले नेपाल सकारका सम्बन्धित निकायले नै शिक्षा विधयेक अध्ययन नगरी ल्याएकै कारण समस्या आएको बताए ।
नेसनल प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष कर्णबहादुर शाहीले निजि क्षेत्रको उपस्थितिलाई नेपाल सरकारले लत्याउने काम गरेको बताए ।
अधिवेशनमा नेसनल प्याब्सन कास्कीका सचिव मनकाजी गु?ङले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष रत्नाकुमारी गु?ङले आर्थिक प्रगति प्रतिवेदन र लेखा समिति संयोजक ज्ञानेन्द्रबहादुर थापाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेसनल प्याब्सन गण्डकी प्रदेशका अध्यक्ष रामबहादुर मोची, नेसनल प्याब्सन वाग्लुङका अध्यक्ष नेत्रलाल न्यौपाने, प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल, हिसान कास्कीका अध्यक्ष याम रोका, युनिप्स नेपालका अध्यक्ष शान्ताबहादुर गु?ङ, प्याब्स्यु कास्कीका अध्यक्ष विजयराज अधिकारी नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष ऋषिराम भण्डारी, नेपाल राष्ट्रिय अभिभावक संघ कास्कीका अध्यक्ष गोपाल गिरीले बोलेका थिए ।
नेसनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा द्वितीय उपाध्यक्ष केशवशरण पौडेलले स्वागत र सचिव मनकाजी गु?ङले कार्यक्रम सञ्चालन गरेका थिए ।
