एसिया कप क्रिकेट : भारतले पाकिस्तानलाई दियो २६७ रनको लक्ष्य

एसिया कप क्रिकेट : भारतले पाकिस्तानलाई दियो २६७ रनको लक्ष्य

काठमाडौँ।

जारी एसिया कप अन्तर्गत शनिबार भएको खेलमा भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको छ।

श्रृलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भएको खेलमा भारतका लागि हार्दिक पाण्डेले ९० बलमा ७ चौका र १ छक्काको मद्दतले ८७ रनको योगदान गरे।

त्यस्तै, भारतका ईशान किसनले ८१ बलमा ८२ रन जोडे।

खराब सुरुवात गरेको भारतका लागि किशन र पाण्डेले १ सय ३८ रनको साझेदारी गर्दै खेल लयमा फर्काए। भारतले मुख्य ४ जना ब्याटरलाई खेलको सुरुवातमै गुमाएको थियो।

वर्षाका कारण २ पटकसम्म अवरुद्ध खेलमा पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले एक्लै ४ विकेट लिए।
उनले ४ विकेट लिँदा पाकिस्तानका लागि हरिश रउफले र नसिम शाहले ३/३ विकेट लिए।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *