
शहबाज खान/कपिलवस्तु, १६ भदाैँ ।
तीन महिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको भर्चुअल रुपमा शनिबार पेरिसडाँडाबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुप्प कमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् । यसै अनुरुप कपिलवस्तुको कृष्णनगर नगरपालिकको १२ वटै वडामा तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको उद्घाटन भएकाे हाे ।
नगरकाे१२ वटै वडामा अभियानलाई भव्य सफल तथा उद्घाटन गर्नका लागि नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश समिति कोषाध्यक्ष निर्दोष अली, कपिलवस्तु जिल्ला संयोजक बिष्णु बेल्बासे, जिल्ला सदस्य तुफैल आलम खाँ लगायत कृष्णनगर नगर समितिका अध्यक्ष जावेद आलम खाँ नगर सचिव गणेश प्रसाद बन्जाडे लगायतकाे उपस्थिति रहेकाे थियो ।
यस तिन महिने विशेष रुपान्तरण अभियान कपिलवस्तु जिल्लाको १० वटै पालिकाको हरेक वडामा एकै साथ उद्घाटन गरिएको छ । अभियानको अन्त्यमा पालिका स्तरीय भव्य सभा समेत गरिने कपिलवस्तु इन्चार्ज तथा पुर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य महेश्वर जंग गहतराज (अथक)ले जानकारी दिए ।
कृष्णनगर नगरपालिकाको उद्घाटन कार्यक्रम माओवादी केन्द्र लुम्बिनी प्रदेश कोषाध्यक्ष निर्दोष अलीले अभियानको क्रममा तिन महिनासम्म कपिलवस्तुका हरेक पालिकाको टोल-टोल, घर-घरमा जाने बताएका छन् । माओवादीले गरेको १० वर्षे जनयुद्धले व्यवस्था बदले पनि
केही वर्षदेखि नेताहरु माथिल्लो तहमा मात्रै केन्द्रित हुँदा गाउँ टोलबाट सम्पर्क टुट्दै गएको बताउँदै यश अवस्थामा खासै परिवर्तन नभएकाे गुनासो पाेखे ।
उनले याे अभियानले गाउँ-गाउ, टोलटोल,घर-घरमा पुगी गरिब, दुःखी, विपन्न, पिछडिएका, मजदुर वर्गका लागि सामाजिक क्रान्ति गरेर उनीहरुको अवस्थामा सकारात्मक परिवर्तन ल्याउने बताए । तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको उद्घाटन भएको र कपिलवस्तु मात्र नभएर देशैभर माओवादीलाई जनतासँग पुनः एक पटक जोड्न आवश्यक रहेकाे जिकिर गरे।
यस्तै कपिलवस्तु जिल्ला संयोजक बिष्णु बेल्बासे जनतासँगको सम्बन्ध सुदृढ र सुमधुर बनाउनका लागि जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सुरु गरिएको बताए । उनले पछिल्लो समय जनतासँगको सम्बन्ध केही खस्किँदै गएको भन्दै रुपान्तरण अभियानले उजीहरुलाई जाेड्ने बताए । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले इतिहास लेखिने गरि सामाजिक न्याय र सुशासनको पक्षमा काम गरेको बताएकाे बताए । बेल्बासेले सरकारले इतिहासले नै सम्झिने गरी कयौँ साहसिक र जनपक्षीय कामहरु अगाडि बढाएको बताए ।
नक्कली भुटानी शरणार्थी, ललिता निवास र सुन तस्करी प्रकरणको कारबाहीले राज्य शक्तिको दुरुपयोगबाट भएका अपराध कर्मको पर्दाफास गरिएको र पार्टीको रुपान्तरण अभियानले पार्टीलाई सक्षम बनाउने विश्वास बेल्बासेकाे भनाई छ । तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको उद्घाटन कार्यक्रममा वडाभित्र रहेका शहिद परिवार र एक वडामा एक ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाई सम्मान समेत गरिएकाे नगर समिति अध्यक्ष जावेद आलम खाँले बताए ।