कांग्रेस रुपान्तरण अभियानकर्ताहरुले घोषणा गरे राष्ट्रब्यापी अभियान

कांग्रेस रुपान्तरण अभियानकर्ताहरुले घोषणा गरे राष्ट्रब्यापी अभियान

काठमाडौं । नेपाली कांग्रेसमा रुपान्तरण अभियानकर्ताहरुले निर्वाचन क्षेत्र केन्द्रित राष्ट्रब्यापी अभियान घोषणा गरेका छन् । पार्टी शुद्धिकरण अभियानै लिएर कांग्रेसले तल्लो तहसम्म जाने निर्णय स्थगित गरेपछि रुपान्तरण अभियान्ताहरुले देशैभर राष्ट्रब्यापी कार्यक्रम गर्ने घोषणा गरेका हुन् ।

साउन १० गते देखि भाद्र २४ गतेसम्म राष्ट्रब्यापी कार्यक्रम गर्ने निर्णय गरेपनि शेर बहादुर देउवाले पदाधिकारीहरुसँग छलफल गरी कार्यक्रम तत्कालका लागि स्थगित गरेका थिए । कांग्रेस रुपान्तरण अभियानकर्ताले भने शनिवार काठमाडौंमा बैठक बसी निर्वाचन क्षेत्र केन्द्रित राष्ट्रब्यापी अभियान चलाउने निर्णय गरेको थियो ।

‘पार्टीले गर्ने भनेको कार्यक्रम गरेको भए हामी उसैलाई साथ दिने थियौँ । तर, पार्टीले अभियान नै रोकेपछि रुपान्तरण अभियानले निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रम गर्ने निर्णय गरेको हो,’ नेता जगदिश्वोर नर्सिङ्ग के.सी.ले भने, ‘पार्टीलाई थप गतिशील बनाउन र रुपान्तरण गर्नका लागि देशैभरको निर्वाचन क्षेत्रमा कार्यक्रम गर्न लागिएको छ ।’

पार्र्टीले निर्धारित कार्यक्रम नरोकेको भए त्यसैमा सहभागी हुने पनि उनले बताए । उनका अनुसार सिंगो पार्टीले गरेको कार्यक्रम सबैको साझा कार्यक्रम हो । यद्यपि, कार्यक्रम नै स्थगित भएपछि अभियानकर्ताहरु आफनो कार्यक्रम लिएर अघि बढेको उनको भनाइ छ ।

कर्यक्रमका अभियन्ता नेताहरु गुरुराज घिमिरे, मधु आचार्य, भुपेन्द्र जङ्ग शाही र के.सी.लगायत छन् । रुपान्तरण अभियान बिपी जन्मजयन्तीदेखि गणेशमानसिंह जन्मजयन्तीसम्म यो अभियान चल्नेछ । निर्वाचन केन्द्रित रुपान्तरण अभियान कार्यक्रम भदौ २४ गते काभ्रे क्षेत्र नम्बर २ बाट सुरु हुन केसीले बताए । पार्टी सभापतिले विधि विधानअनुसार पार्टी नचलाएकोले रुपान्तरण पक्षले विभिन्न कार्यक्रमहरु गर्दै आएका छ । नेता शेखर काइराला र महामन्त्री गगन थापानिकट नेताहरुले रुपान्तरण कार्यक्रमअन्तर्गत नेता, कार्यकर्तासँग बहस तथा छलफल चलाउदै आएका छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *