पितृसत्ताविरुद्ध एक भगवत् गीताको विद्रोह

पितृसत्ताविरुद्ध एक भगवत् गीताको विद्रोह

अभिनेत्री, निर्मात्री तथा निर्देशक झरना थापाद्वारा निर्देशित चौथो फिल्म एक भगवत् गीताको ट्रेलर हालै राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।

२ मिनेट ५१ सेकेन्ड लामो ट्रेलर मर्मस्पर्शी र सशक्त लाग्छ। अल्पसंख्यक लैंगिक समुदाय र मधेसको कथावस्तुमा निर्मित फिल्मको ट्रेलरले विभेद, समानता र न्यायको सन्देश दिने प्रयास गरेको छ। विपिनले कमलामाई अवतारमार्फत लैंगिक अल्पसंख्यक समुदायको कथावस्तुमार्फत सशक्तीकरणको सन्देश दिन खोजेका छन्।

पारालैंगिक चरित्रमा देखिएका विपिनले पितृसत्तात्मक सोच पाल्ने पात्रविरुद्ध विद्रोह गरेको ट्रेलरमा देखाइएको छ। धिरज मगर र सुहाना थापाबीचको प्रेम सम्बन्ध र रोमान्सलाई पनि ट्रेलरमा चित्रण गरिएको छ। विपिन र सुहानाको मित्रता पनि यसमा देखाइएको छ। जनकपुरको सेटमा खिचिएको फिल्ममा अनुरागमान सिंह कुँवर, कविर खड्का र संजोग रसाइली खलपात्रको चरित्रमा देखिएका छन्।

अन्तरजातीय प्रेमकथामा आधारित फिल्ममा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कवीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरलगायतले अभिनय गरेका छन्। सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा सुनील कुमार थापाद्वारा निर्मित फिल्ममा कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको छ भने झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढुंगेल र कृष्णको पटकथा, परिक्षेद र पुरुषोत्तमको संवाद, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत, शंकर अधिकारी घायलको शब्द रचना, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर, राजेश श्रेष्ठको छायांकन र मित्र डि गुरुङको सम्पादन रहेको छ।

सुनील कुमार थापाद्वारा निर्मित तथा झरना थापाद्वारा निर्देशित ए मेरो हजुरका तीनवटै सिरिज सफल छन्। आगामी भाद्र २९ गते रिलिजमा आउने फिल्म काठमाडौं उपत्यकामा गोविन्द शाहीको काफिया फिल्मस् र काठमाडौं बाहिर केदार पराजुलीको श्रीकृष्ण फिल्म्स्ले वितरण गर्दैछ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *