एक मिनेट प्रस्तुतिको मूल्य एक करोड

एक मिनेट प्रस्तुतिको मूल्य एक करोड

बलिउड अभिनेत्री उर्वशी रौतेला आफ्नो एक भनाइका कारण ट्रोलरको निशानामा परेकी छिन्।

अहिले सामाजिक सञ्जालमा उर्वशीको एक भिडियो भाइरल भइरहेको छ। जस्मा उर्वशीले आफू बलिउडको सबैभन्दा महँगो अभिनेत्री भएको दाबी गर्दै आफूले एक मिनेट प्रस्तुति दिएको एक करोड रुपियाँ पारिश्रमिक लिने गरेको बताएकी छन्।

हरेक सेल्फ मेड अभिनेता र अभिनेत्रीले आफ्नो करिअरमा यत्तिको उपलब्धिचाहिँ गर्नुपर्छ, उर्वशीले आफ्नो अभिव्यक्तिलाई बल दिन थप भनेकी छिन्। फिल्ममा कमै देखिने उर्वशीले एक मिनेटको प्रस्तुतिको एक करोड लिने गरेको अभिव्यक्ति दर्शकले भने पत्याउन सकेनन्। त्यही कारण उनले बोलेको भिडियो क्लिपलाई लिएर दर्शकले ट्रोल बनाई रहेका छन्।

उर्वशीको भनाइअनुसार उनले एक घण्टामा ६० करोड कमाउने र एक दिनमा चौध सय ४८ करोड कमाउने भन्दै धेरैले उनको भनाइको मजाक उडाएका छन्। धेरैले उर्वशीको यो भनाइ पत्याउनै नसकिने र असम्भव रहेको भन्दै आजको दर्शक कलाकारले जे भन्यो त्यही पत्याउने खालको नभएको तर्क गरेका छन्। मोडलिङबाट मनोरञ्जन दुनियाँमा प्रवेश गरेकी उर्वशीले सन् २०१३ मा सिंह साप द ग्रेटबाट बलिउडमा डेब्यु गरेकी थिइन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *