बिहेको सवाल सोध्नेलाई निरुताको लगनगाँठो कसेर जवाफ

बिहेको सवाल सोध्नेलाई निरुताको लगनगाँठो कसेर जवाफ

लोकप्रिय अभिनेत्री निरुता सिंहले बिहे कहिले गर्ने भनेर प्रश्न गर्नेहरूलाई एकैपटक लगनगाँठो कसेर जवाफ दिएकी छन्।

निरुताले गत साता भारतको मुम्बई निवासी सञ्जीव गुलाटीस“ग लगनगा“ठो कसी केही दिनपछि फेसबुक पेजमा फोटोसहित स्ट्याटस पोस्ट गर्दै बिहेको प्रश्न गर्नेलाई जवाफ दिएकी हुन्।

‘मलाई माया गर्नुहुने मेरो सम्पूर्ण घर–परिवार, आफन्त, छर–छिमेक, चलचित्रकर्मी साथी–भाइ, अग्रज व्यक्तित्व, विभिन्न माध्यमका सञ्चारकर्मीलगायत मलाई माया गरेर मेरो चलचित्र हेरेर त्यसलाई सफल बनाईं मलाई निरुता सिंह बनाइदिनुहुने सम्पूर्ण माननीय, पूजनीय अनि ढोगनीय दर्शक महानुभावको यतिका वर्षदेखिको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तर्वार्ता पूर्ण हुँदैन थियो’ गत बिहीबार बिहे बन्धनमा बाँधिएकी निरुताले फेसबुकमा लेखेकी छने त्यो हो ‘निरुताजी बिहे कहिले गर्ने?’ आज त्यसै प्रश्नको जवाफ दिन गइरहेको छु। तपाईंहरूकी निरुता सिंहले गत बिहीबार ३१ अगस्टको दिन मुम्बई निवासी सञ्जीव गुलाटीसँग लगन गाँठो जोडेको छिन्।’

उनले बिहेको आशिर्वाद लिन चाँडै नेपाल आउने पनि फेसबुकमा उल्लेख गरेकी छिन्। ‘हजुरहरू सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु। चाँडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउनेछु।’

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *