प्रियंका दम्पतीको आलोचना

प्रियंका दम्पतीको आलोचना

बलिउड एवम हलिउड अभिनेत्री प्रियंका चोपडाको देवर जो जोनस र देउरानी सोफीबीच सम्बन्ध विच्छेदको खबर आइरहँदा प्रियंका र उनका पति निक जोनस भने सामाजिक सञ्जालमा ट्रोल बनेका छन्।

हालै प्रियंकाले सामाजिक सञ्जालमा पति निकका साथ रोमान्टिक अवतारका तस्वीर सेयर गरेकी थिइन्। जसमा निक र प्रियंका एक अर्काका साथ समय बिताइरहेका छन् भने उनीहरू निकै खुसी देखिन्छन्। तर, यो फोटोलाई लिएर उनीहरूका फ्यानले भने असन्तोष जनाउँदै उनीहरूको चेतमाथि प्रश्न गरेका छन्।

प्रियंकाले आफ्नो देवर देउरानीको जीवनमा उतारचढाव अँइरहेका समयमा आफूहरूको रोमान्टिक तस्वीर सेयर गर्नु मानविय संवेदना बाहिरको विषय भएको भन्दै उनको आलोचना गरेका छन्।

त्यस्तै, निकमाथि पनि भाइको परिवारमा समस्या आउँदा उनले सहानुभूतिसमेत नराखेर गलत समयमा यस्ता तस्विर राखेको भन्दै उनीमाथि असन्तोष व्यक्त गरेका छन्। प्रियंकाका देवर जो अमेरिकी गायक, गीतकार तथा संगीतकार हुन् भने देउरानी सोफी अमेरिकी अभिनेत्री हुन्। ६ महिनायता उनीहरूको सम्बन्धमा दरार आएकाले सम्बन्ध विच्छेद् हुन लागेको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमले प्रकाशित गरेका छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *