शिवशक्ति क्याम्पसको ३१ औं स्थापना दिवस

शिवशक्ति क्याम्पसको ३१ औं स्थापना दिवस

पोखरा ।  पोखरा–११, फूलबारीस्थित शिवशक्ति क्याम्पस (साविक शिक्षा महाविद्यालय) को ३१ औं स्थापना दिवस एवं १५ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

गण्डकी प्रदेशका पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य विन्दुकुमार थापाले समारोहको उद्घाटन गर्दै शिवशक्तिलाई नमुना क्याम्पस बनाउन लागिपर्नुपर्ने बताए । विद्यार्थी भर्नादर बढाउन अभियान नै सञ्चालन गर्नुपर्ने उनको जोड थियो । उनले क्याम्पसको जग्गाप्राप्ति प्रक्रिया यथाशीघ्र बढाउनुपर्ने औंल्याउँदै उनले पढ्दै, सिक्दै, कमाउँदै कार्यक्रम लागु गर्न सुझाव दिए ।

पोखरा ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले क्याम्पस वडाको गहनाका रुपमा रहेको बताए । विज्ञहरुसँग अन्तक्र्रिया गरी अबको गन्तव्य तय गर्नुपर्नेमा जोड दिए । वडाले शिक्षालाई प्राथमिकतामा राखेको छ भन्दै उनले नैतिक तथा प्राविधिक शिक्षामा जोड समेत दिए ।

त्यस अवसरमा क्याम्पस सञ्चालक समिति पूर्व अध्यक्ष दामोदर बास्तोला, सल्लाहकार प्रेमबहादुर कुँवर, शिवशक्ति माविका प्रधानाध्यापक शम्भुराज बास्तोला, कन्या क्याम्पस प्रमुख सुरेश मानन्धर, मणिपाल शिक्षण अस्पतालका कार्यकारी निर्देशक अनिल ओडेविल, निवर्तमान क्याम्पस प्रमुख दीपक बास्तोला लगायतले पनि धारणा राखे ।

समारोहबीच पूर्व अध्यक्षद्वय दामोदर बास्तोला र योगराज बास्तोला, पूर्व निमित्त कार्यकारी अध्यक्ष मायादेवी तझ्या, पूर्व क्याम्पस प्रमुख दीपक बास्तोला, सहायक क्याम्पस प्रमुख रमेश थापा, पूर्व लेखा प्रमुख ज्ञानहरि आचार्य लगायत प्राध्यापक युक्ता थापा, मुक्तिनाथ अधिकारी, गणेश शर्मा, तोलाकान्त न्यौपाने, शान्ति सिग्देल तथा लीलावती पनेरुलाई सम्मान गरियो ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष टुवराज बास्तोलाले क्याम्पसको व्यवस्थापकीय पाटो सवल बनाउन सञ्चालक समिति प्रयाररत रहेको बताए ।

क्याम्पस प्रमुख चन्द्रकान्त रेग्मीले क्याम्पसको दीर्घकालीन व्यवस्थापनका लागि सबैको पहल आवश्यक छ भन्दै हालको समयमा सामुदायिक क्याम्पसहरु सञ्चालन गर्न चुनौतीपूर्ण रहेको औंल्याए ।

त्यस अवसरमा सञ्चालक समिति अध्यक्ष बास्तोलाले आमाबुवा ओमनाथ तथा पवित्रादेवी बास्तोलाको स्मृतिमा १ लाख १ हजारको अक्षयकोष स्थापना गरे । कार्यक्रमबीच शैक्षिक एवं अतिरिक्त क्रियाकलापतर्फका पुरस्कार वितरण गर्नुका साथै विद्यार्थीले विभिन्न प्रस्तुति राखेका थिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *