
कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर ६ भलवारी स्थित साढे ५ करोड बढी लागतको कन्चनीया सिंचाई योजनाको निर्माण सम्पन्न भएको छ।

कन्चनीया नदीबाट पानी लिफ्ट गरी ढाई सय हेक्टर क्षेत्रफलमा सिचाई गर्ने गरी १ दशमलव ६० किमि लोमो नहर बनाई योजनाको निर्माण गरिएको हो। क्षेत्र नम्बर ३ का सांसद अभिषेक प्रताप शाह, महाराजगञ्ज नगरपालिकाका मेयर अब्दुल कलाम र उप मेयर रिता कुमारी कुर्मीले रिबन काटेर सयुक्तरुपमा योजनाको उदघाटन गरेका छन ।

सो अवसरमा सांसद शाहले जिल्ला कै गौरवको आयोजनाका रुप रहेको कन्चनीया सिचाई योजनाले महराजगंज र नगरपालिकाका दर्जनौ गाउँका कृषकहरु यसले लाभान्वित हुने बताए। उनले सिंचाईको सुबिधा भएपछि कृषकहरुलाई बाली उत्पादन गर्न सजिलो हुने बताए। ‘ यो सिंचाई योजनाले हजारौं कृषकहरु लाभान्वित हुने ’ उनले भने।
