मौलाउँदै हर्कको अराजक हर्कत

मौलाउँदै हर्कको अराजक हर्कत

  • कृष्ण कन्दङ्वा

काठमाडौं । धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ सार्वजनिक कार्यक्रमकै क्रममा एक युवकले आक्रमक शैलीमा प्रश्न गरेपछि शुक्रबार स्टेजमै जंगिए । ती युवक धरानकै स्थानीय अशोक लिम्बू रहेछन् । उनले धरान १५ मा भइरहेको लागुऔषध दुर्व्यवसानी विरुद्धको अभियान कार्यक्रम चलिरहेका बेला कार्यक्रम स्थलमै पुगेर एक्कसी प्रमुख साम्पाङलाई प्रश्नहरु तेर्स्याए ।

लागुऔषध दुर्व्यवसनी विरुद्धको कार्यक्रममा सचेत गराइरहेका हर्कलाई अशोकले उपमहानगरको कमजोरीले बाटोभरी पानी बगिरहेको भन्छन् । युवकले प्रश्न गर्छन ‘हर्क दाई बाटोको त्यो पानी त हेर्न सक्नु भएको छैन ?’ लिम्बूको यो प्रश्न धरानमा महामरीको रुप लिइरहेको ढेँगु र सो को प्रकोपले जनता मरिरहेको बेला तपाईँ सडकमा अभियान चलाइराख्ने ? भन्ने आशायको प्रश्न थियो हर्कलाई । धरानमा डेंगुको महामारी बढ्दो अवस्थामा छ ।

डेँगुकै कारण धरानमा धेरैको ज्यानसमेत गइसकेको छ । त्यसका साथै ती युवकले अर्को प्रशंगमा नागरिकको समस्या र दुखमा मेयरले कुनै सहयोग तथा उपचारका लागि चासो नदेखाएको आरोप लगाउँछन् ।

उनले एक वृद्ध आमा र छोरा गम्भीर रोगले ग्रसित रहेको परिवारकोमा गएर हर्कले गरेको क्रियाकलापबारे असहमति जनाउँछन् ।

त्यही घरमा आपत्तका बेला केही नगर्ने तर त्यही घरको पछाडि लार्भा टिपेको फोटो भने सामाजिक संजालमा हाल्ने ? भन्दै थप प्रश्न गर्छन् ।

ती परिवारको घर पनि चन्दा उठाएर आफूहरुले बनाइदिएको युवकले बनाइदिएका हौँ । भन्दै हर्कलाई थप केही प्रश्न गर्छन् । तर साम्पाङले हाम्रो विरोध गर्न आएको ? तिमिले भन्न खोजेको के ? भन्दै युवकलाई पक्राउ गर्न नगरप्रहरीलाई निर्देशन दिन्छन् ।

हर्कको निर्देशनपछि उनलाई प्रहरीले पक्राउसमेत गरेर एकदिन हिरासतमा राखेको छ । यतिबेला ती युवकलाई पक्राउ गरेको विषयले सामाजिक संजालसमेत तातेको छ ।

पक्राउ परेको साँझ हर्कले सामाजिक संजालमा स्टाटस लेख्दै बदमासलाई प्रहरीको जिम्मा लगाइयो । स्वतन्त्रताको नाममा अराजकता फैल्याउन कसैलाई छुट छैन भनेका छन् ।

उक्त स्टाटसप्रति पनि सामाजिक संजाल प्रयोगकर्ताहरुले हर्कको प्रवृत्तिप्रति प्रश्न गरेका छन् । टोलमा भएका समस्याको विषयलाई लिएर मेयरलाई खबरदारी गर्दा सेवाग्राहीलाइ पक्राउ गरिनु हर्कको हुकुमी शैली भएको भन्दै धेरैजसोले टिप्पणी गरेका छन् ।

लोकतन्त्रमा प्रश्न गर्दैमा धरपकड गरिनु हर्कको पुरातन र एकात्मकवादको झल्को दिएको टिप्पणी भइरहेका हुन् ।

हुन पनि हो नगरको प्रमुखलाई परेका समस्याहरु राख्न पाइन्छ । यति हो की प्रश्नकर्ताको शैली फरक भयो होला । तर जनताले जिताएको जनप्रतिनिधिलाई समयस्या राख्न जनताको अधिकार हो ।

हर्ककाे पुरानै शैली 

हर्कको यसप्रकारको शैली नयाँ भने होइन् । उनी मेयरभएदेखि नै उनको यो प्रवृत्ति झल्किन थालेको थियो । यसअघि पनि धरानमै एक परिवारको व्यक्तिगत जग्गामा गएर जबरजस्ती विरुवा रोपेका थिए । दैनिकजसो विरुवा रेखदेख गर्न भन्दै आफ्नो जग्गामा आउने र विरुवा रेखदेख गर्ने क्रम बढेपछि ती परिवारले हर्कविरुद्ध उच्च अदालतमा उजुरी दिएका थिए ।

हर्क विरुद्धको मुद्धामा अदालतले सुनुवाई गर्दै हर्कलाई व्यक्तिको जग्गामा नजान र व्यक्तिलाई धरपकट नगर्न आदेश दिएको थियो । त्यति मात्रै होइन उनलाई धार्मिक तथा जातिय संवेदनशीलताको ख्यालसमेत नगर्ने गरेको आरोप लाग्दै आएको छ ।

हर्क ‘हिजोका अभियान्ता आजका जनप्रतिनिधि’ हुन । तर अहिले उनी सार्वभौम जनताबाट उपमहानगरको प्रमुखमा निर्वाचित कार्यकारी प्रमुख छन् । उनी हिजाे एक्लै माइक र पर्चा बाँड्दै हिँड्थे । तर अहिल उनी एक्लै छैनन् । उनी नगरकाे अभिभावक हुन् । कसैले प्रश्न वा असन्तुष्टि जनाउँदैनमा भड्किनु हुँदैन आफ्नो विरोधी सम्झनु हुँदैन । विगतकाेजस्तै अभियान्ता शैली त्याग्नुपर्छ । उनले अब आफ्नो पदीय मर्यादामा रहनु पर्छ । शुक्रबार विरोध गर्ने युवकलाई पनि कुनै उजुरी वा निवेदन विन प्रहरीलाई पक्राउ गर्न ठाडो निर्देशन दिनु कानून अनुकुल मान्न सकिन्न ।

आम  नेपालीहरुमा कुसल जनप्रतिनिधिको उपमा पाइरहेका हर्कले कुतर्क र गैरजिम्मेवारीपन हर्कत गर्न छुट छैन । शुक्रबारको घटनाको पृष्ठभूमी जे होस् तर उनले धरानको अविभावकीय भूमिका गर्नुपर्नेमा सेवाग्राहीलाई उल्टै थुनामा पठाउनु असोभनिय देखिन्छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *