सत्ता गठबन्धन पाँच वर्ष टिक्छ : प्रधानमन्त्री प्रचण्ड

सत्ता गठबन्धन पाँच वर्ष टिक्छ : प्रधानमन्त्री प्रचण्ड

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्तासाझेदार दलबीचको गठबन्धन पाँच वर्ष टिक्ने बताएका छन्।

आज विराटनगर आइपुग्नुभएका प्रधानमन्त्री दाहालले विराटनगर विमानस्थलमा पत्रकारहरुलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै सो टिप्पणी गरेका हुन्।

प्रधानमन्त्री दाहालसहित समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधन गर्न सो मोर्चामा सहभागी नेताहरु पनि यहाँ आइपुगेका छन् ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्र्टी र नेकपा विप्लब समूह आबद्ध समाजवादी मोर्चाद्वारा आज विराटनगरमा सो सभाको आयोजना गरिएको छ ।

सो सभालाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लब’ ले सम्बोधन गर्ने कार्यक्रम छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *