ज्ञानु राणालाई दीर्घ साधना सम्मान

ज्ञानु राणालाई दीर्घ साधना सम्मान

मिलाप दोस्रो तीज उत्सवमा ख्यातिप्राप्त गायिका ज्ञानु राणालाई दीर्घ साधना सम्मानबाट सम्मानित गरिएको छ।

प्रतिनिधिसभाकी उप–सभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यतामा हालै सम्पन्न समारोहमा गायिका राणालाई नगदसहित दीर्घ साधना सम्मानबाट सम्मानित गरिएको हो। मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउन्डेसनकी अध्यक्ष गीता अधिकारीको सभापतित्वमा सम्पन्न समारोहमा अभिनेत्री शर्मिला मल्ल, रेजिना उप्रेती, गोमा केसी र शिला गजुरेल, निर्माता÷निर्देशक एवम् अभिनेत्री दीपाश्री निरौला, गायिका मञ्जु थापा गुरुङ, गायिका माण्डवी त्रिपाठी, सारिका घिमिरे, मञ्जु लावती, शुष्मा रुपाखेती, निशा रावललाई मिलाप सम्मानबाट सम्मानित गरिएको थियो।

सञ्चारकर्मी दीप ज्योति थापाले सहजीकरण गरेको कार्यक्रममा सभामुख रानाले तीजलाई परम्परागतभन्दा पनि सिर्जनात्मक रूपमा मनाउनुपर्ने जोड दिइन्। सम्मानित व्यक्तित्वको तर्पmबाट बोल्दै ज्ञानु राणा र दीपाश्री निरौलाले पछिल्लो समय तीज भड्किलो बन्दै गएको र यसको मौलिकतालाई जोगाइराख्नुपर्नेमा जोड दिए। १४ वर्षदेखि प्रकाशन हु“दै आएको मिलाप मासिकले तीजलाई उत्सवका रूपमा मनाउ“दै कलाकर्मीको योगदानको कदरस्वरूप सम्मान गरिएको कार्यक्रमकी सभापति अधिकारीले बताइन्।

कार्यक्रममा गायिका मञ्जु थापा, माण्डवी त्रिपाठी र सारिका घिमिरेले गीत प्रस्तुत गर्दा प्रमुख अतिथि उपसभामुख रानाले पनि आप्mनो मन्तव्यस”गै गीत गाएकी थिइन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *