टेलर स्विफ्टलाई सर्वाधिक ९ एमटीभी अवार्ड

टेलर स्विफ्टलाई सर्वाधिक ९ एमटीभी अवार्ड

सांगीतिक दुनिया“मा लोकप्रिय एमटीभी म्युजिक भिडियो अवार्ड २०२३ मा गायिका टेलर स्विफ्टले सर्वाधिक अवार्ड चुमेकी छन्।

अमेरिकाको न्युयोर्कमा सम्पन्न अवार्डको कुल ११ विधाको मनोनयनमा परेकी स्विफ्टले प्रमुख विधाको सर्वाधिक नौ अवार्ड हात पारिन्। पछिल्लो गीत एन्टी हिरोबाट वर्ष गीत, वर्ष कलाकार, भिडियो, सर्वोत्कृष्ट पप, निर्देशन, भिजुअल इफेक्ट, शो अफ द समर र छायाकंन विधाको अवार्ड चुमेकी उनले मिड नाइटबाट एलबम अफ द इयर गरी कुल नौ अवार्ड आफ्नो पोल्टामा पारिन्।

त्यस्तै, गायिका निकी मिनाजले सुपर फ्रिकी गर्लबाट हिपहप, सेलेना गामेज र रेमाले एफ्रो बिट्स, ब्ल्याक एन्ड पिंक ब्यान्डले कोरियोग्राफी र ग्रुप अफ द इयरको अवार्ड हात पारे। आइस स्पाइसले नव कलाकार, कार्लो जी र शाकिराले कोल्याबरेसन, सिर्टले आर एन्ड बी, क्यान्डी नेकलेसले अल्टरनेटिभे, द लोन लिस्टले रक गीत, फंक रेभले ल्याटिन गीत, एस क्लासले बेस्ट के पप, काम डाउनले अर्फोबिट र ब्रेकफास्टले भिडियो फर गुडको अवार्ड चुम्दा सुगर रस राइडले पुस पर्फमेन्स अफ द इयर र सेभनले सङ अफ द समरको अवार्ड चुमे। ३८ वर्ष पुरानो एमटीभी अवार्डलाई संगीत क्षेत्रको प्रतिष्ठित अवार्ड मानिन्छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *