एक भागवत् र एक गीतासँगै नाँगो गाउँ

एक भागवत् र एक गीतासँगै नाँगो गाउँ

आज शुक्रबार दुई नेपाली फिल्म एक साथ अल नेपाल रिलिजमा आउने भएको छ।

रिलिजको पूर्वसन्ध्या पारेर फिल्म एक भागवत् र एक गीता (सामाजिक कथा) को नयाँ गीत झिझिया सार्वजनिक गरिएको छ भने अर्को फिल्म नांगो गाउँको प्रिमियर शो गरिएको छ। अभिनेत्री, निर्मात्री तथा निर्देशक झरना थापाद्वारा निर्देशित एक भागवत् र एक गीता (सामाजिक कथा) को सो गीत राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको हो। मैथिली भाषाको गीतमा प्रवेश मलिकले संगीत दिएका छन्। गीत उनका साथमा नेहा प्रियदर्शनीले गाएकी छन्। मैथिली समुदायको परम्परागत गीतका रूपमा फिल्ममा समावेश गीतमा दुर्गा पूजाको क्रममा नाच्ने चलन रहेको फिल्म निर्माण संस्थाले जनाएको छ।

जनकपुरको जानकी मन्दिर परिसरमा छायांकन गरिएको गीतमा विपिन कार्की र सुहाना थापालाई फिचरिङ गरिएको छ। गीतमा कोरियोग्राफरले दर्जनौं मोडललाई नृत्य गराएर यसको भिडियोलाई आकर्षक र हेर्नलायक बनाएका छन् भने छायाँकारले प्रकाश व्यवस्थापनको मद्दतले जानकी मन्दिरको महत्व दर्शाएका छन्।

एक भागवत् र एक गीतालाई शुरुमा भागवत गीता नामाकरण गरिएको थियो। सो नाममा हिन्दूवादी संघ संस्थाले आपत्ति जनाएपछि एक भगवत् एक गीता नामाकरण गरिएको थियो भने त्यसमा पनि विरोध जनाई सेन्सरमै अवरोध गरेपछि यसको नाम प्रदर्शनको संघारमा आएर एक भागवत् र एक गीता (सामाजिक कथा) नामाकरण गरिएको हो।

अन्तरजातीय प्रेमकथामा आधारित फिल्ममा विपिन कार्कीले तेस्रो लिंगीको भूमिका निर्वाह गरेका छन्। फिल्ममा विपिन र सुहानाका साथ धिरज मगर, कविर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कु“वर, राम कैलाश ठाकुर, धिरज ठाकुरलगायतले अभिनय गरेका छन्। सुहाना इन्टरटेनमेन्ट र सुनील कुमार थापा प्रोडक्सनको ब्यानरमा सुनीलकुमार थापाद्वारा निर्मित फिल्ममा कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशन झरना थापाको छ भने झरनास“गै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढुंगेल र कृष्णको पटकथा, परिक्षेद र पुरुषोत्तमको संवाद, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत, शंकर अधिकारी ‘घायल’ को शब्द रचना, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर, राजेश श्रेष्ठको छायांकन र मित्र डि गुरुङको सम्पादन रहेको छ।

उता रिलिजको संघारमा बुधबार राति राजधानीमा प्रिमियर शो गरिएको नांगो गाउ“ हेर्नेहरूले यसलाई मनपराएका छन्। फिल्म हेर्नेहरूले यसको विषयवस्तुको तारिफ गरेका छन्।

सञ्चारकर्मी दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको फिल्म हेरेपछि निर्देशक दीपाश्री निरौला, कलाकार जितु नेपाल, निर्देशक नरेश पौडेललगायतले फिल्मको विषयवस्तु शक्तिशाली रहेको बताए। फिल्मले निर्वाचनमा भोट दिनुअघि सयपटक सोच्न जनतालाई सचेत गराएको उनीहरूको भनाइ थियो। गायक राजेशपायल राईले एउटा उत्कृष्ट फिल्म हेर्न पाएको र आम मानिसले हेर्नुपर्नेमा जोड दिए। फिल्मका मुख्य कलाकारहरू दयाहाङ राई, मिरुना मगर र साम्राज्ञी राज्यलक्ष्मी शाहले प्रिमियरमा पाएको प्रतिक्रियाले उत्साहित भएको जनाए। फिल्मका लखेक तथा निर्देशक दिपेन्द्र लामाले पनि प्रिमियरमा पाएको प्रतिक्रियाले निकै उत्साहित भएको बताए।

हिमाल शर्माको प्रस्तुतिमा बनेको फिल्म जय श्रेष्ठले निर्माण गरेका हुन् भने रामहरि श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्। फिल्ममा दया, मिरुना र साम्राज्ञीको साथमा कर्मा, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, निमा पाण्डे, पुष्कर गुरुङ, शरद गिरी, शिशिर तामाङ, केशव राई, सविन बास्तोला, रामकाजी घिमिरे, गणेशप्रसाद पौडेल, शंकर आचार्य, इष्टु कार्की, टिका निरौला, बद्रि पुडासैनी, नमस्ते दिवाकारलगायत कलाकारले अभिनय गरेका छन्। फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी, आलोक शुक्लाको छायाकंन निर्देशन र बनिश शाहको सम्पादन रहेको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *