द भ्वाइस अफ नेपाल सिजन ५ असोजबाट

द भ्वाइस अफ नेपाल सिजन ५ असोजबाट

गायन रियालिटी सो द भ्वाइस अफ नेपाल सिजन–५ आगामी असोज ५ गतेबाट प्रसारणमा आउने यसबारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

शोको नयाँ कोचमा उदय सोताङ र मिलन नेवार अनुबन्धित भएका छन् भने प्रमोद खरेल र राजेश पायल राईले निरन्तरता पाएका छन्। यो सिजनमा डिजिटल अडिसनमा सहभागी करिब ६० हजार आवेदकमध्येबाट छानिएका एक सय २० बढी प्रतिभा ब्लाइन्ड अडिसनमा सहभागी छन्।

‘गत वर्षभन्दा झन्डै दोब्बरको संख्यामा डिजिटल अडिसनमा आवेदन परेको थियो’ कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले भने– ‘यसपटक धेरै ग्रामीण भेगबाट मौलिक स्वर आएका छन्। छानिएका ६४ जना प्रतिभाले ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन्।’ यो सिजनलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले दाबी गरे।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *