तेस्रो जनआन्दोलनको तयारीमा छौँ : कमल थापा

तेस्रो जनआन्दोलनको तयारीमा छौँ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले तेस्रो जनआन्दोलनको तयारी थालेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूहरुको आन्दोलन कसैलाई विस्थापित गर्नको लागि नभएको पनि बताए । उनले देशमा करिव डेढ दशकदेखि राज्यसत्ता कब्जा गरेर मुलुकमा भ्रष्ट व्यवस्था सञ्चालन गरिरहेकाहरुले जनताको व्यवस्था र अवस्थामा परिवर्तन गर्नेकुरा सम्भव नरहेको जिकिर गरे ।

उनले सत्तामा कब्जा जमाएका भ्रष्ट शासकहरुको अकर्मण्यता, सत्ता लिप्सा र विदेशीको दलाली गर्ने आत्मसर्मपणवादी प्रवृत्तिले गर्दा अहिले सामान्य रोजगारीको निमित्त पनि नेपालको युवा जनसंख्याको आधा भन्दा बढी विदेश पलायन हुन बाध्य भएको बताए । लोकतन्त्रको आवरणमा केवल केही सिमित राजनैतिक दलहरुले नेपालमा सिण्डकेट तन्त्र कायम गरिरहेको उनको आरोप छ । अध्यक्ष थापाले देशको राष्ट्रिय अस्तित्व, स्वतन्त्रता र सार्वभौम सत्ता नै जोखिममा पर्नसक्ने खतरा रहेको उल्लेख गरे ।

उनले भने, ‘हाम्रो आन्दोलन कसैलाई विस्थापित गर्नको लागि पनि होइन । वास्तवमा देशमा करिव डेढ दशकदेखि राज्यसत्ता कब्जा गरेर मुलुकमा भ्रष्ट व्यवस्था सञ्चालन गरिरहेकाहरुले अहिलेको व्यवस्था र अवस्थामा परिवर्तन गर्नेकुरा त परै जाओस् । सामान्य सुधार गर्न पनि तयार नभएको कारणले गर्दा हामी बाध्य भएर आन्दोलनमा उत्रिएका छौँ । तेस्रो जनआन्दोलनको तयारी गरिरहेका छाँै । डेढ दशकदेखि राज्य सत्तामा कब्जा जमाएर बसेका भ्रष्ट शासकहरुको अकर्मण्यता, सत्ता लिप्सा र विदेशीको दलाली गर्ने आत्मसर्मपणवादी प्रवृत्तिले गर्दा अहिले सामान्य रोजगारीको निमित्त पनि नेपालको युवा जनसंख्याको आधा भन्दा बढी विदेश पलायन हुन बाध्य भएका छन् । देश धार्मिक, सांस्कृतिक, द्वन्द्वमा फस्न लागिरहेको छ । नेपाल भ्रष्टाचार गर्ने देशहरुमध्ये सबैभन्दा बढी भ्रष्ट राष्ट्रको रुपमा चिनिन थालेको छ ।’

अध्यक्ष थापाले सनातन धर्मको रक्षाका निमित्त उभिएका युवाहरुलाई अवाञ्छित किसिमबाट मुद्दा लगाएर कारबाही गर्ने प्रयास गरे चुप लागेर नबस्ने चेतावनी दिए । उनले भोटको लागि विदेशी डलरको लोभमा वा राजनीतिक स्वार्थका लागि अल्पसंख्यकहरुलाई रिझाउने नाममा बहुसंख्यक हिन्दु बुद्धिष्ट र किराँतीहरुलाई कमजोर बनाउने र हेप्ने काम भयो भने हन्दु, बुद्धिष्ट र किराँतहरु चुप लागेर नबस्ने बताउनु भयो । उहाँले चुप लागेर बस्नुलाई हिन्दुहरुको कमजोरी नठान्न चुनौति दिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *