
काठमाडौं । रास्वपाबाट सांसद बनेका र अहिले पार्टीको कारबाहीमा परेका डा. ढाकाकुमार श्रेष्ठले दिएको अभिव्यक्तिले पछिल्ला दिनहरुमा रास्वपामा तरंग छाएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँगको २ करोडको अडियो प्रकरणका विषयमा कुरा गर्दै गर्दा ढाकाकुमारले मन्त्री बन्न पार्टीलाई ३ करोड बुझाउनु पर्ने भनि रास्वपा केन्द्रीय सदस्य मोहनजंग थापाले रकम माग गरेको खुलासा गर्दा रास्वपाले अब के गर्दैछ त ?
राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्काशित डा. ढाकाकुमार श्रेष्ठले केहिदिन अघि एउटा टेलिभिजन अन्तर्वातामा आफुसँग पैसा माग्ने कोर टीमको खुलासा गरे ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएपछि कारबाहीमा परेका श्रेष्ठले पार्टी केन्द्रीय सदस्य मोहनजंग थापामार्फत मन्त्री बन्न ३ करोड मागिएको बताए ।
गएको चैत्र २६ गते अनैतिक लेनदेनको अडियो सार्वजनिक भएपछि त्यसको तीन दिन भित्रै अर्थात चैत्र २९ गते रास्वपाले ढाकाकुमारलाई कारबाही ग¥यो ।
त्यसपछि उनी करिब गुमनाम थिए । तर एकाएक चार दिन पहिले ढाकाकुमारले एक टेलिभिजन अन्र्तवार्ताका क्रममा रास्वपाका केन्द्रीय सदस्य थापाको नामै तोकी थापाले मन्त्री बन्न तीन करोड पार्टीलाई बुझाउनु पर्ने मागेको खुलासा गरे ।
यसपछि फेरि रास्वापा भित्र खैलाबैला छ । त्यसैले नै ढाकाकुमारको अभिव्यक्ति सार्वजनिक भएपछि रास्वपाले एक विज्ञप्ति जारी गर्दै प्रमाण सहित आउन चुनौती नै दियो ।
अझ बिना कुनै आधार र प्रमाण पार्टीको छविमा आँच पु¥याउने ध्ययले यस्तो हर्कत गरिएको भन्दै थापाको बचाउमा सिंगो पार्टी उभियो ।
पार्टी भित्र जो कोहिले गलत गरे ७२ घण्टाभित्र अनुसन्धान गरि कारबाहीको दायरमा ल्याउने नीति रास्वपाको छ । तर, त्यही दल थापाको हकमा किन लचक बन्दैछ ?
प्रश्न उठ्नु स्वभाविक हो । सुशासन र पारदर्शिताको चर्को वकालत गर्ने पार्टी भित्रकै एक सदस्यमाथि प्रश्न उठ्दा अनुसन्धान गर्ने कि प्रमाण लिएर आउ भन्दै चुनौती दिने ?
यसरी चौतर्फि प्रश्न उठिरहेका बेला रास्वपाका नेताहरु भने यस बिषयमा अनुसन्धान भइरहेको दाबि गर्छन् । बिहिबार रास्वपा प्रमुख सचेतक सन्तोष परियारले पार्टीको साधारण सदस्यबाट समेत निष्कासित पूर्वसांसद श्रेष्ठले सार्वजनिक रुपमा पोलेका केन्द्रीय सदस्य थापामाथि अनुसन्धान अघि बढेको र दोषी देखिए कारबाही हुने बताएका थिए ।
भ्रष्टाचारको विरोध गर्दै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी पछिल्लो समय नेपाली राजनीतिमा स्थापित शक्ति हो । पार्टी स्थापनाको छोटो समयमै संसदको चौथो ठुलो दल बनेको रास्वपाको यात्रामा विभिन्न चुनौतिहरु छन् ।
अझ समय समयमा विभिन्न प्रकरणमा यस पार्टीका नेताहरु मुछिन थालेपछि कतै रास्वपा पनि पुरानै दलहरुको बाटोमा अघि बढेको त होइन ? जनतामा आशंका पनि पैदा भएको छ ।