कांग्रेस रणनीति : पार्टी बलियो कि गुट बलियो बनाउने ?

कांग्रेस रणनीति : पार्टी बलियो कि गुट बलियो बनाउने ?

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको केन्द्रीय समिति बैठकअघि पार्टी नेतृत्वविरुद्ध देशब्यापी अभियान नै चलाए । तर, केन्द्रीय समिति बैठकमा गगनविरुद्ध नै नेताहरु उत्रिए । थापाकै विकल्प खोज्नुपर्नेसम्मको आवाजहरु उठे । आफै इतर पक्षको नेता बन्ने प्रयास गरेका थापा पार्टी केन्द्रीय समिति बैठकमा कमजोर बनेपछि इतर पक्षमा शेखरको विकल्प देखिन्न । बरु तेस्रो धारका केही नेतालाई पनि समेटेर इतर पक्षको गुट बलियो बनाउने प्रयास थालिएको छ ।

दुई महिनाअघि साउन पहिलो साता नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बसेको थियो । एघार महिनापछि बसेको कांग्रेस समिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवाको आलोचना मात्र होइन, महामन्त्री गगन थापाले नेतृत्वकै विकल्प खोज्ने बताएका थिए । पार्टीमा आफ्नो चर्कै आलोचना हुने देखेपछि देउवाले झण्डै १० दिन चलेको केन्द्रीय समिति बैठक सबै खुल्ला गरिदिए । बैठकको सामाजिक सञ्जाल फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रशारण भयो । इतर पक्षका नेताहरुले मात्र होइन, महामन्त्री गगन थापा आफैले पनि देउवाविरुद्ध हाँक दिन सकेनन् । बरु संस्थापन पक्षकै नेताहरुले नेतृत्वको विकल्प खोज्ने बेला नआएको बरु थापाकै विकल्प खोज्नुपर्ने समेत हुनसक्ने चेतावनी दिए । देउवाले पार्टी नेतृत्वलाई गाली गरेर मात्रै पार्टी रुपान्तरण नहुने भन्दै देउवाले शेखर–गगन समूहदेखि पार्टी रुपान्तरण अभियान नै चलाएको अर्को गुटलाई पनि दनक दिए ।

केन्द्रीय समिति बैठकपछि इतर पक्षका नेता शेखर कोइरालाले आफ्नै पार्टीको समर्थनमा बनेको सरकारकै आलोचना पटक–पटक गरिरहे । गठबन्धन केन्द्र सरकारको कार्यशैलीदेखि कोशी प्रदेशका सन्दर्भमा पनि कोइरालाले गठबन्धनविरुद्ध अभिब्यक्ति दिँदै आए । पहिचान पक्षधरलाई ऊर्जा दिनेगरी जातीय सत्ताको वकालत गरेको भन्दै कोइरालाले गठबन्धन सरकारका प्रधानमन्त्री प्रचण्डको आलोचना गरिरहे । पछिल्लो समय कोइरालाले प्रधानमन्त्री अराजक भएको समेत भन्न भ्याए । तर, इतर पक्षको आलोचनाकै बाबजुद पनि संस्थापन पक्ष भने प्रचण्डप्रति नकारात्मक देखिएको छैन । प्रचण्डले गठबन्धनकैबीच छुट्टै समाजवादी मोर्चा बनाउँदासमेत सत्ता गठबन्धन नभत्किने अभिब्यक्ति संस्थापन पक्षका नेताहरुले दिइरहे ।

नेपाली कांग्रेसले मंगलबार पार्टी केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । केन्द्रीय कार्यसमिति बैठक बोलाइएपछि शेखर कोइरालाले कार्यसमिति बैठक अघि मंगलबार नै आफ्नो गुटको बैठक डाकेका छन् । केन्द्रीय कार्य समिति बैठकमा आफ्नो नयाँ रणनीति बनाउन डाकिएको गुटको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई समेत बोलाइएको छ । कांग्रेसमा पार्टीको आन्तरिक एकतालाई मजबुत बनाउने नेताहरुले बताइरहँदा इतर पक्ष आफ्नो गुट बलियो बनाउने रणनीतिमा लागिरहेको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *