‘कोशी नाम खारेज गर’ भन्दै पहिचानवादीद्वारा विराटनगरमा मोटरसाइकल र्याली

‘कोशी नाम खारेज गर’ भन्दै पहिचानवादीद्वारा विराटनगरमा मोटरसाइकल र्याली

  • तारा आचार्य

विराटनगर । विगत केही महिनादेखि कोशी प्रदेशको नामाकरणको विरोध गर्दै आएका पहिचान पक्षधरहरुले विराटनगरमा मोटरसाइकल र्याली निकालेर विरोध जनाएका छन् ।

विराटनगरमा मंगलवार सुनसरीको इटहरीदेखि मोटरसाइकल र्यालीसहित आएका पहिचानपक्षधरहरूले विराटनगरस्थित महेन्द्रचौकमा कोण सभा गरेका थिए । उनीहरूले ‘कोशी नाम खारेज गर’, ‘पहिचानवादी जिन्दावाद’, ‘पहिचान विरोधी होसियार’, ‘हाम्रो आन्दोलन जारी छ’, ‘जातिवाद मुर्दावाद’ जस्ता नारा लगाएर विरोध गरेका थिए । उनिहरुले कोशीप्रदेशको नामाकरण गरेर पहिचानको अस्तित्व मेटाउने कामभएको आरोप समेत लगाएका छन् ।

कोण सभालाई पहिचान पक्षधर विभिन्न समूहका नेताहरुले सम्बोधन गरेका थिए । शान्तिपूर्ण रुपमा गरिएको विरोध प्रदर्शनमा वक्ताहरुले आफूहरुको आन्दोलन कुनै जात, धर्म र पार्टीर्विरुद्ध नभई विशुद्ध पहिचानकालागिभएको र प्रदेशको नाम कोशी परिवर्तन नगरे सम्मआन्दोलन जारी रहने चेतावनी समेत दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले भने सोमवारदेखि विराटनगर महानगरपालिकाका केही स्थानलाई २ महिनासम्म निषेधित क्षेत्र तोकेको छ ।

विराटनगर भित्ररहेको कोशी प्रदेश सभा पूर्व देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रोडशेष चौकदेखि दक्षिण जतुवाचौक क्षेत्र, मुख्यमन्त्रीनिवासको ३ सय मिटर वरपरको क्षेत्र, प्रदेश प्रमुखकोकार्यालयबाट ३ सय मिटर वरपर र जिल्लाप्रशासनकार्यालयको डाँफे चौकदेखि पूर्वतर्फलाई निषेधित क्षेत्र तोकेको जिल्लाप्रशासनकार्यालयले जनाएको छ ।

यता, पहिचानवादीहरुले निषेधित क्षेत्र तोकेर आन्दोलन विथोल्न खोजेको आरोप लगाएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *