नेपाल प्रहरीमा जागीरे युवराज गुप्ताले समय समयमा साहित्यको क्षेत्रमा कलम चलाउने गरेका छन । संविधान दिवसको अवसरमा मधेसी प्रति देखिएको नजरलाई केन्द्रित गर्दै ” म नेपाली हुन के प्रमाण दिउ?” शिर्षकमा कविता लेखेका छन ।
संविधान दिवस रे
म नेपाली हुन के प्रमाण दिउ ?
म नेपालको मधेस प्रदेशमा
जन्मेको मधेसी हु
म नेपाली हुन के गर्नुपर्छ ?
रङ्ग कालो भाषा मिल्दैमा
भारतिय भन्ने समाजमा
आफुलाइ नेपाली भएको के प्रमाण दिउ ?
दैबले मलाइ कालै बनाए
म गोरो कसरी बनु,
मेरा पुर्खाले नेपाली एकीकरणमा
पुर्याएको सहयोग र बगाएको
रगतको दस्ताबेज
कहाबाट ल्याउ ?
मेरो सामुदायिले बिदेशी यातना सहेर
बचाएको सिमास्तम्भको
प्रमाण कहाबाट ल्याउ ?
जन्मेको आधारमा पाए
र मेरो नागरिकक्तामा नेपाली
नागरिक पनि लेखियो
तर आफुलाइ नेपाली हुन के प्रमाण दिउ ?
यहाँ भाषा सामुदायि र रङ्ग गोरो हुने
नेपाली अनि
कालो भए मधेसी भारतीय रे
त्यसो भए किन राखिएको छ
माता सिता, राजा जनक
भगवान बुद्धको प्रतिमा
किन चिनाइन्छ नेपाललाई
बुद्धको देश भनेर ।
मैले बुझेको यो समाजमा नेपाली हुन
भगवान नै हुनुपर्दो रहेछ ।
म नेपाली हुन
दिन रात भारत मुर्दावादको नारा
लगाउनु परे लगाउछु
चौबीसै घन्टा रास्ट्रीय झन्डा
बोक्नु परे बोक्छु
म नेपालको सरकारी पदमा जागिरे भए
तर नेपाली कहिलयै भएन
म नेपाली हुन के गर्नु पर्छ ?
मैले देशको निम्ति बगएको पसिना
मैले देशको निम्ति खर्चेको समय
आफ्नो प्राणको आहुत दिन तयार भएर
खाएको प्रहरीको जागिर
मलाइ मेरो ज्ञान बिबेक र
बलले भ्याए सम्मा
देशको निम्ति मर्ने खाएको बाचा
यश बाहेक के दिउ ?
म नेपालामा जन्मेर मधेसी भए
तर नेपाली कहिलयै भएन
प्राण बाहेक, नेपाली हुन के प्रमाण दिउ ?
✍️बैरागी