शीर्ष तहबाट कोशी प्रदेशको समस्या समाधान गरी राजनीतिक स्थिरता दिनुपर्छ : पूर्वमुख्यमन्त्री थापा

काठमाडौं । नेपाली काँग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले शीर्ष नेतृत्वबाट मात्रै कोशी प्रदेशमा मध्यावदीमा जानबाट रोक्न सकिने बताएका छन् ।

बिहीवारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा सरु भएको केन्द्रिय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कोशी सरकार गठन समस्याको रुपमा रहेको बताए । उनले शीर्ष तहबाट कोशी प्रदेशको समस्या समाधान गरी राजनीतिक स्थिरता दिनुपर्ने बताए । उनले कोशी प्रदेशमा राजनीतिक अस्थिरताका कारण विकास निर्माण ठप्प भएको बताए ।

उनले काँग्रेसले मध्यावदीमा जान नचाहेको भन्दै मध्यावदीमा गएर मात्रै समस्या समाधान हुने नभएको स्पष्ट पारे । उनले भने, ‘कोशी सरकार गठन समस्याको रुपमा छ । कुनै दलबाट सम्बोधन गर्ने वातावरण छैन, कोशी प्रदेशको समस्या समाधान गरी राजनीतिक स्थिरता हुनुपर्छ । भएन भने कोशी प्रदेश समग्र समस्यामा जाँदैछ । विकास निर्माण ठप्प छन् । केन्द्रिय नेताको सहमति र निर्णयबाट विशेष ढंगले सोच्नुपर्छ । हामीले चाह्यौँ भने मध्यावदीमा जान र मध्यावदीबाट रोक्न पनि सक्छौँ तर हामीले अहिले चाहेको मध्यावदी होइन । त्यहाँको समस्या समाधान मध्यावदीमा गएर हुने होइन ।’

काँग्रेस नेता थापाले प्रदेशलाई अधिकारसम्पन्न नबनाए संघीयता कमजोर हुने बताए । उनले प्रदेश कमजोर हुँदा संघीयता कार्यान्वयनमा समस्या आउने बताए ।

उनले भने, ‘सबै प्रदेशका सभापतिज्युले हाम्रो एउटा समान दृष्टिकोण बनाएर हामीले प्रश्ताव पेस गरेका छौँ । खासगरी प्रदेशलाई बलियो बनाउनु पर्छ, प्रदेश कमजोर भए संघीयता कमजोर हुन्छ । संविधान कार्यान्वयनमा समस्या हुनसक्छ । आज नेपाली काँग्रसको विधानभित्र प्रदेश संरचना निर्माण भएको छ । प्रदेश कार्यान्वयनमा आएको छ, तर अधिकार बिहीन छ । प्रदेश सभापतिलाई क्रियाशीलसम्म दिने अधिकार छैन । संघीयतालाई सफल बनाउने र संविधानको क्रियाशीलता चाहने हो भने प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने धारणा राखेका छौँ ।’

नेता थापाले नेपाली काँग्रसको विधानभित्र प्रदेश संरचना निर्माण भएपनि प्रदेश सभापतिलाई क्रियाशीलसम्म दिने अधिकार नरहेको बताए । संघीयतालाई सफल बनाउने र संविधानको क्रियाशीलता चाहने हो भने प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top