माघमा आउने भयो हनी बनी

माघमा आउने भयो हनी बनी

निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा निर्माणाधीन फिल्म हनी बनी आगामी माघ २६ गते रिलिजमा आउने भएको छ।

प्रेमकथामा निर्माणाधीन फिल्म पोस्टर सार्वजनिक गर्दै माघ २६ गते रिलिज गर्ने घोषणा गरिएको हो। सोमबार सार्वजनिक फिल्मको फस्र्टलुक पोस्टरमा अभिनेता अभिमन्यु तोमर र अभिनेत्री जसिता गुरुङलाई रोमान्टिक रूपमा प्रस्तुत गरिएका छ। भारतीय मोडल अभिमन्युको यो पहिलो ठूलो पर्दाको फिल्म हो। भारतको दिल्लीका अभिमन्युले केही हिन्दी गीतमा अभिनय गरेका छन्। उनीद्वारा अभिनीत याद पिया के आने लगी गीत सर्वाधिक चर्चित छ। बलिउड फिल्ममा ब्रेक पाइनसकेका उनले हनी बनीबाट बलिउड प्रवेशको बाटो खुलाउने विश्वास व्यक्त गरेका छन्।

एबी इन्टरनेसनल र गौतम प्रोडक्सन एन्ड भ्वाइस फिल्म्सको सहकार्यमा अमित बस्नेत, परी राना र आरोन बस्नेतद्वारा निर्माणाधीन फिल्ममा अजित थापा र सनिस खकुरेल सह–निर्माता, अंकित गौतम कार्यकारी निर्माता तथा सुरज कु“वर र अजित पल सिंह एसोसिएट निर्माता छन्। फिल्ममा निर्माता अमितको पटकथा लेखन रहेको छ भने सूर्यमाला खनाल, सलोन बस्नेत, अजुनजंग शाहीलगायतले पनि अभिनय गरेका छन्। अघिल्लो वर्षको जेठमा लन्डनबाट छायांकन शुरु गरिएको फिल्मको निर्माण कम्पनी एबी इन्टरनेसनलले यसअघि पासवर्ड र सम्हालिन्छ कहिले मन निर्माण गरिसकेको छ भने लन्डन टु पेरिस रिलिजको तयारीमा छ। यो कम्पनी विदेशी फिल्म वितरणमा पनि संलग्न छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *