राखीको नयाँ फन्डा

राखीको नयाँ फन्डा

बलिउड अभिनेत्री राखी सावन्त कुनै न कुनै बहानामा सञ्चार माध्यममा छाइरहन रुचाउँछिन्।

एक न एक फन्डा गरिरहेने उनले आफूलाई लिएर नयाँ फन्डा अगाडि ल्याएकी छन्। भारतीय सञ्चार माध्यमका अनुसार उनले निर्देशक ऋषभ शेट्टीले आफ्नोबारे बायोपिक बनाऊन् भन्ने चाहना रहेको बताएकी हुन्। हालै एक पत्रकार सम्मेलनमा पूर्वपति आदिलविरुद्ध बयान दिँदै निकै भावुक बनेकी उनले आफ्नो बारेमा बायोपिक बनोस् भन्ने इच्छा रहेको बताइन्। उनले आदिलको आफूलाई जस्तै बलिउडका अन्य युवतीलाई पनि फसाउने योजना रहेको र आफ्नो बारे बायोपिक निर्माण गरेर अन्य बलिउडकर्मीलाई फस्नबाट रोक्नुपर्ने बताएकी हुन्।

‘म चाह“दिन कि आदिल अन्य व्यक्तिलाई पनि धोका दिऊन्’ राखीले भनेकी छन्। प्रेम सम्बन्धपछि अदालती विवाह गरेकी उनले विवाहको केही महिनापछि नै आदिलले आफूमाथि हिसां गरेको र आफ्नो गरगहनाका साथै नगदसमेत लगेको आरोप लगाएपछि सो आरोपको आधारमा प्रहरीले आदिललाई गिरफ्तार गरेको थियो। राखीले आदिलभन्दा अघि रितेश पाण्डेका साथ विवाह गरेकी थिइन्। बिग बोस १५ मा सँगै देखिएका उनीहरू बिग बोसबाट बाहिरिएपछि अलगिएका थिए।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *