आन्दोलनरत चिकित्सक सहमतिपछि काममा फर्कन तयार

आन्दोलनरत चिकित्सक सहमतिपछि काममा फर्कन तयार

पोखरा । सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति भएको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा शनिबार गृह मन्त्रालयमा भएको वार्तापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिबीच सहमति भएको हो।

सहमति भएसँगै आन्दोलनका कार्यक्रम फिर्ता हुने भएका छन्। गृहमन्त्री श्रेष्ठले स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरू र आन्दोलन चिकित्सकहरूका प्रतिनिधिबीच सहमतिपत्रमा हस्ताक्षर भएको बताए। उनले सरकार र स्वास्थ्यकर्मीबीच भएको सम्झौता कार्यान्वयनका लागि सरकार प्रतिबद्ध भएको बताए।

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिको संयोजक डा। शेषराज घिमिरेले सरकारसँग सम्झौता भएसँगै आन्दोलनका कार्यक्रम अन्त्य गरिने बताए। सम्झौतापत्रमा डा‍‌‌ घिमिरे र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका निमित्त सचिव डा दीपेन्द्ररमण सिंहले हस्ताक्षर गरेका छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *