विष्णुपादुका माविमा बस सेवा

विष्णुपादुका माविमा बस सेवा

पोखरा । पोखरा–२५, हेमजा स्थित विष्णुपादुका माविले विद्यालय वस सेवा संचालनमा ल्याएको छ ।

विद्यालयले महानगरपालिकासँगको लागत साझेदारीमा वस सेवा शुभारम्भ गरेको हो ।रु. २९ लाख ३० हजारमा खरिद वसमध्ये १४ लाख महानगर साथै बाँकी विधालयका शुभचिन्तक, पूर्व विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका सदस्य साथै शिक्षक कर्मचारीबाट व्यवस्थापन गरिएको प्रधानाध्यापक दीपकराज पौडेलले बताए ।

सेवा शुभारम्भ गर्दै कार्यपालिका सदस्य धना तिम्सिनाले वस संचालनमा आएसँगै पठनपाठनमा सहजता हुने विश्वास लिदै सेवालाई प्रभावकारी बनाउनुपर्ने बताइन् ।उनले सामुदायिक विद्यालयको बृद्धि विकासका लागि महानगर सचेत रहेको सुनाउँदै शिक्षालाई जीवनोपयोगी बनाउनुपर्ने औँल्याइन्।

भूपू विद्यार्थी समेत रहेका वडाध्यक्ष मोतिलाल तिमिल्सीनाले फोनबाट शुभकामना राख्दै महानगर सधै सामुदायिक विद्यालयको हक हीतको पक्षमा रहेको जनाए।

विद्यालयका अध्यक्ष समेत रहेका महानगर शिक्षा समिति सदस्य कृष्णबहादुर नेपालीले वस खरिद गर्दाको आयव्यय प्रस्तुत गदै वसको उचित व्यवस्थापन गर्दै शैक्षिक गुणस्तर अभिबृद्धिमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस अवसरमा प.त्रिलोचन पौडेल तथा प्रधानाध्यापक दीपकराज पौडेलले वसको पुजा गर्नुका साथै कार्यपालिका सदस्य तिम्सिना तथा वडा सदस्य कृष्णबहादुर कुँवरले वसको चावी विद्यालयलाई हस्तान्तरण गरे ।

बालविकासदेखि कक्षा १२ सम्म संचालित विद्यालयमा चालु शैक्षिक सत्रतर्फ कुल ४ सय ७७ विद्यार्थी अध्ययनरत छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *