निशुल्क मुटु रोग जाँच शिविर

निशुल्क मुटु रोग जाँच शिविर

पोखरा । लायन्स कलब अफ बेगनास तालनगरी र नेपाल रेडक्रस सोसाइटी पोखरा ३१ उपशाखाको संयुक्त आयोजनामा निशुल्क मुटु रोगसम्बन्धी १ दिने स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको हो ।

पश्चिमाञ्चल स्वास्थ्य विज्ञापन प्रतिष्ठानका वरिष्ठ मुटु रोग विशेषज्ञ डा.सुमन अधिकारीको नेतृत्वमा जनरल फिजिसियनद्वारा मुटु परीक्षण, मुटुको इसिजी, प्रेसर परीक्षण समेत गरिएको थियो । शिविरमा १ सय २१ जनाले स्वास्थ्य लाभ लिएका थिए ।

आनन्द ज्योति माध्यमिक विद्यालयमा सम्पन्न भएको शिविरमा अन्तर्राष्ट्रिय लायन्स क्लब डिस्ट्रिक ३२५ एल का डिस्ट्रिक को चिफ एडभाइजर बाबुराम अधिकारीले मानव जीवनमा स्वास्थ्यको अति नै महत्व भएको बताउँदै जीवनशैली र खानपानका कारण रोग लाग्ने बताउँदै हामीले स्वास्थ्य जीवन जिउनका लागि आहार विहारमा ध्यान दिनुपर्ने बताए ।

यसैगरी पोखरा ३१ का वडा सदस्य देवेन्द्र अधिकारीले पोखरा ३१ बेगनासमा आएर निशुल्क मुटु परीक्षण स्वास्थ्य शिविर गरेकोमा आयोजकलाई धन्यवाद दिए । आगामी दिनमा यस्ता कार्यक्रममा वडाबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाअन्तर्गत स्वास्थ्य उपसमितिका सदस्य नवराज अधिकारी, जोन चियर पर्सन डा.लक्ष्मण तिमिल्सिना, नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका कोषाध्यक्ष सन्तोष अधिकारी, लायन्स क्लब अफ काठमाडौ बंगलामुखीका अध्यक्ष सुरेन्द्रकुमार यादवलगायतले स्वास्थ्यसम्बन्धी धारणा राखेका थिए ।

नेपाल रेडक्रास सोसाइटी पोखरा ३१ उपशाखाका सभापति रुद्रनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब डिस्ट्रिक ३२५ एल का सिनियर ए ओ जी एवं क्लबका संस्थापक अध्यक्ष ऋषिराम रानाभाटले स्वागत गरेका थिए । लायन्स क्लब अफ बेगनास ताल नगरीका पूर्व अध्यक्ष शक्ति श्री तिवारीले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने कार्यक्रम संयोजन रिजन चियर पर्सन एवं लायन्स कलब अफ बेगनास ताल नगरीका पूर्व अध्यक्ष प्रभा भुजेलले गरेकी थिइन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *