Homeआर्थिकसरकारले मल दिन नसकेपछि किसानले ल्याएको मल भन्सारमा नरोक्न अर्थमन्त्रीको निर्देशन सरकारले मल दिन नसकेपछि किसानले ल्याएको मल भन्सारमा नरोक्न अर्थमन्त्रीको निर्देशन June 24, 2022 / Leave a Comment काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारले उपलब्ध गराउन नसकेको अवस्थामा किसानले जोहो गरेर ल्याएको मल र बिउ प्रयोग गर्न दिनुपर्ने बताएका छन् ।सरकारी संस्थानलाई मात्रै मल आयात गर्ने अनुमति छ । तर, सरकारी संयन्त्रबाट मल दिन नसकेपछि अर्थमन्त्री शर्माले गैरकानुनी बाटोबाट आएको मल र बिउ प्रयोग गर्न दिनुपर्ने बताएका हुन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै किसाललाई आवश्यक परेको मल र बीउ दिन नसके उनीहरूले जोहो गरेर ल्याएको मल र बीउ प्रयोग गरेर दिनुपर्न बताएका हुन् । उनले समितिमा नै भन्सार विभागका महानिर्देशकलाई किसानले आफ्नो हिसाबले मल ल्याउँछ भने भन्सारमा नरोक्न निर्देशन दिए । ‘‘भन्सारको टिमले यो कुरा ध्यान दिनुहोला । किसान मर्का पर्ने काम नगर्नुहोला । किसानलाई आवश्यक परेको मल दिनुपर्छ, छैन भने उनीहरूले जोहो गरेर ल्याएको मल ल्याउन दिउँ’,’ उनले भने ।शनिबार धादिङको धुनिबेँसी नगरपालिका–६ धार्के बजारमा किसानहरूले दुई ट्रक मल खोसेका थिए । भन्सार छली गरेर ल्याइँदै गरेका दुई ट्रक मल राजस्व विभागले नियन्त्रणमा लिएको अवस्थामा किसानहरूले ट्रकबाटै मल मल खोसेर लगेका हुन् । समाचार साभार: baahrakhari.com Share this:Click to share on Facebook (Opens in new window)Click to share on WhatsApp (Opens in new window)Click to share on Twitter (Opens in new window)Click to share on LinkedIn (Opens in new window)Click to share on Telegram (Opens in new window)Click to print (Opens in new window) Related
अवधी पे बिचरवा क होइ ? आर्थिक जब सब हि अङ्ग्रेजी बोल्बै करि २तो अवधी हमार क होइ ? क होइ ए भैया २१-गवा अहिरौवा, हेरान धोबियौवा,हेरान […]
जसपा कपिलवस्तु निर्वाचनमा सक्रिय सहभागी हुने तयारीमा आर्थिक फाल्गुन २३ कपिलवस्तु , जसपा कपिलवस्तु निर्वाचनमा सक्रिय सहभागी हुने तयारीमा जुटेको छ । २३गते पार्टीक जिल्ला अध्यक्ष शैलेन्द्र कुमार […]
कपिलबस्तुमा अनेरास्ववियू(क्रान्तिकारी)को जिल्ला कार्यालय उद्घाटन आर्थिक कपिलवस्तु , तौलिहवानेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) को भातृसँगठनको रुपमा रहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कपिलबस्तुको जिल्लाका […]
तीन महिने सिलाई कटाई तालिम सम्पन्न। आर्थिक कमलेश चन्द्र गुप्ता कपिलवस्तु – ‘सीप सिकौ, उद्यम गरौ, आत्मनिर्भर बनौ’ भन्ने नारासहित तीन महिने सिलाई कटाई तालिम सम्पन्न भएको […]