श्रीदेवी बिहेपूर्व गर्भवती नभएको बोनीको स्पष्टीकरण

श्रीदेवी बिहेपूर्व गर्भवती नभएको बोनीको स्पष्टीकरण

बलिउड अभिनेत्री स्व. श्रीदेवीका पति एवम् निर्माता बोनी कपुरले श्रीदेवीको बारेमा स्पष्टीकरण दिएका छन्।

उनले श्रीदेवी विवाहअघि नै गर्भवती थिइन् भन्ने हल्लामा कुनै सत्यता नभएको स्पष्टीकरण उनले दिएका हुन्। उनले द इन्डियन नामक सञ्चारमाध्यमका साथ कुराकानी गदै श्रीदेवी र आफ्नो वास्तविक विवाह पहिले नै भइसकेको भए पनि सार्वजनिक रूपमा भने त्यसको एक वर्षपछि मात्र विवाह गरेको जनाउँदै वास्तविक मिति फरक भएकाले उनीबारे त्यस्तो हल्ला फैलिएको प्रष्ट पारेका हुन्। बोनीका अनुुसार श्रीदेवी र उनको विवाह सन् १९९६ जुन २ मा भएको थियो। सार्वजनिक रूपमा भने उनीहरूले सन् १९९७ जनवरीमा मात्रै विवाह गरेका थिए। जुन बेला श्रीदेवी गर्भवती थिइन्। ‘मेरो दोस्रो विवाह श्रीदेवीका साथ भएको थियो। उनीसँग सिर्दिमा विवाह भयो। विवाहका केही कार्यक्रम भयो भने हामीले त्यहाँ रात पनि बितायौं। उनी जनवरीमा गर्भवती भइन् र त्यसपछि हामीस“ग सार्वजनिक रूपमा विवाह गर्नुको विकल्प थिएन’ बोनीले बताएका छन्।

यसअघि श्रीदेवीको नाम विवाहअघि नै गर्भवती बन्ने अभिनेत्रीको सूचीमा आउने गथ्र्यो। बोनीको जेठी श्रीमती मोनाको तर्फबाट अभिनेता अर्जुन कपुर र अंशुला कपुर रहेका छन् भने श्रीदेवीबाट जान्ह्वी र खुशी कपुरको जन्म भएको थियो। जान्भी पनि फिल्म क्ष्ँेत्रमै सक्रिय छिन्। श्रीदेवीको ५४ वर्षको उमेरमा सन् २०१८ मा दुबईमा बाथटबमा डुबेर निधन भएको थियो।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *