
९ टिमले भाग लिएको प्रतियोगिताको सेमिफाइनलमा सजनीले रुकुमलाई र गाेर्खा ‘ए’ ले गोर्खा ‘बीलाई हराउँदै फाइनल पुगेका थिए ।
लिग गेममा नेपस्टार भलिबल क्लबका तीन वटै टीमहरू पहिलो चरणमा बाहिर थिए भने माउण्ट एभरेस्ट भलिबल क्लब फोर्ट वोर्थ, भिक्टोरिया भलिबल क्लबले पनि सेमिफाइनल यात्रा तय गर्न नसकेको अमेरिकाबाट पत्रकार प्रदीप पौडेलले बताए ।
टुर्नामेन्टको उद्घाटन युलेस सिटी काउन्सिल टीका पौडेल एवं नेपाली टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले गरेका थिए ।
क्लब अध्यक्ष भुवन सिंहले स्वागत मन्तव्य व्यक्त गर्दै खेलले व्यक्तित्व विकाससँगै शारीरिक र मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । दसैंको बेलामा आयोजित प्रतियोगिताले हाम्रो नेपाली संस्कृति र संस्कृतिको प्रवद्र्धनमा टेवा मिलेको विश्वास गरे ।
खेल निर्देशक “रेफ्री” को भूमिका घनश्याम पोखरेल र इन्द्र जोशीले कुशलतापूर्वक गरे । स्थानीय समाजसेवी सुशील क्षत्रीले विजेता र उपविजेतालाई क्रमशः सय र ५० डलरको गिफ्ट भौचर उपलब्ध गराए । क्लबका संचार संयोजक दुर्गेश बोगटीले टुर्नामेन्टको उद्घोषण गरे ।
सानो क्षेत्रफलको कोर्टमा पनि खेल्न सकिने भलिबल नेपालको राष्ट्रिय खेल हो ।