मातृशिशु अस्पतालले मनायो सातौं वार्षिकोत्सव

मातृशिशु अस्पतालले मनायो सातौं वार्षिकोत्सव

पोखरा । मातृशिशु मितेरी अस्पताल, बाटुलेचौरले सातौं वार्षिकोत्सव मनाएको छ ।

शुक्रबार साँझ अस्पताल परिसरमा आयोजित कार्यक्रममा अस्पताल व्यवस्थापन समिति अध्यक्ष धर्मराज थापा, सदस्य गुरूदत्त भट्टराई, शिवराज देवकोटा, पूर्व स्वास्थ्य चौकीका अध्यक्ष कृष्णप्रसाद अधिकारी, अग्निधर शर्मा, मेडिकल सुपरिटेन्डेन्ट धर्मदेव ढकाल लगायतले वार्षिकोत्सव अवसरमा दीप प्रज्वलन गरे ।
अस्पतालले आमा र शिशुको स्वास्थ्यमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

अस्पताले स्थापनाकालदेखि कार्यरत कर्मचारी ओमबहादुर थापा र अञ्जना अधिकारीलाई सम्मान गरेको छ । उनीहरुलाई समिति अध्यक्ष थापा र मेडिकल सुपरिटेन्डेन्ट ढकालले सम्मानपत्र प्रदान गरिन् ।

कार्यक्रममा अस्पताल अध्यक्ष थापाले सीमित स्रोतसाधनका बीच पनि अस्पतालले गुणस्तरीय सेवा उपलब्ध गराएको बतए ।
मेडिकल सुपरिटेन्डेन्ट ढकालले जनताको स्वास्थ्य सेवामा अस्पताल पूर्ण रुपले समर्पित रहेको बताउँदै थप सेवा सञ्चालनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा व्यवस्थापन समिति सदस्य गुरूदत्त भट्टराई, शिवराज देवकोटा, भीमा पौडेल, नारायण कोइराला, गुमा परियार, पूर्व हेल्थ पोस्ट अध्यक्षद्वय अग्निधर शर्मा, कृष्णप्रसाद अधिकारी, समाजसेवी चित्रबहादुर थापा लगायतले अस्पतालले पु¥याएको सेवा प्रवाहको प्रशंसा गरे ।
कार्यक्रम सञ्चालन कर्मचारी ओमबहादुर थापाले गरेका थिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *