क्यान्सर सचेतनाका लागि भक्तपुरमा गुञ्जिइन् देविका वन्दना

क्यान्सर सचेतनाका लागि भक्तपुरमा गुञ्जिइन् देविका वन्दना

लोकप्रिय गायिका देविका वन्दना आफ्ना सुमधुर गीतका साथ भक्तपुरमा गुञ्जिएकी छन्।

क्यान्सर सचेतनामूलक महिनाको रूपमा मनाइने अक्टोबर महिनाको सन्दर्भमा दीक्षा गौरी हाडा स्मृति प्रतिष्ठान र लायन्स क्लब अफ भक्तपुर भैरवको संयुक्त आयोजनामा भक्तपुरस्थित इम्पेरियल ब्याङ्क्वेटमा हालै आयोजित क्यान्सर सचेतना महोत्सव तथा देविका वन्दना सांगीतिक साँझ–२०८० मा क्यान्सरलाई जित्न सफल देविकाले आफ्ना नयाँ तथा पुराना सुमधुर गीतसहित प्रस्तुत भएर आफ्ना जादुमय स्वरमार्फत् दर्शकलाई मनोरञ्जनका साथै क्यान्सरका बिरामीलाई हौसला प्रदान गरिन्।

रञ्जना सितुखु र राज माकले देवी महाकाली र महिषासुरको नृत्य महिषासुर वधबाट शुरु गरेको कार्यक्रममा देविकाले आफ्नो बहुचर्चित गीत एउटा परदेशीबाट सांगीतिक प्रस्तुति शुरु गरेर माहोल तताएकी थिइन्। देविकाले यस्तै रहेछ यहाँको चलन, यो माया के हो, तिमीलाई हेर्ने यी आँखामा, तिम्रो मायाको सागरमा, सपनीमा आई सतायौ मलाई, भरे आउँछु सपनीमा, आँखी झ्यालैमा, अच्छा लेकिन लन्डनको चिसोले, नहिँड कान्छी, सपनीमै हो कि, ए संगीता र मिक्स ट्रयाकमा गरी करिब डेढ दर्जन आधुनिक तथा फिल्मका गीत सहित जिगु बैंस धाल बोलको नेवारी गीत प्रस्तुत गरेकी थिइन्। करिब दुई घण्टा गीत संगीत पस्केकी देविकालाई गायनमा भक्तपुरका स्थानीय कलाकारहरू रवि हाडा, सत्यनारायण प्रजापति, राजेश महर्जन र कपिल कसपालले साथ दिएका थिए।

कार्यक्रममा रश्मी खत्रीको समूहले नृत्य, सन्ध्या ब्यान्जु र अंकित किसीले गीत तथा नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमा क्यान्सरसम्बन्धी चिकित्सक एवम् स्वास्थ्यकर्मीले क्यान्सरका बारेमा विभिन्न जानकारी दिएका थिए। कार्यक्रममा हालै काठमाडौंमा सम्पन्न ५५औं एसियन शारीरिक सुगठन प्रतियोगितामा स्विमिङ सुट फिजिक्समा स्वर्ण पदक जित्न सफल सनम मूलगुठीलाई सम्मान गरिएको थिया

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *