जान्ह्वी फिल्मले भन्दा प्रेमले चर्चामा

जान्ह्वी फिल्मले भन्दा प्रेमले चर्चामा

बलिउड अभिनेत्री जान्ह्वी कपुरको बलिउड यात्रा सन्तोषजनक चलिरहेको छ। तर, पछिल्लो समय जान्ह्वी फिल्मभन्दा बढी प्रेम सम्बन्धको खबरका कारण चर्चामा छिन्।

हालै उनी मु्म्बई एयरपोर्टमा आफ्नो कथित प्रेमी शिखर पहाडियाका साथ देखिएपछि उनको प्रेम प्रसंगले फेरि पनि सञ्चार माध्यममा स्थान पाएको छ। जान्ह्वी र शिखरको मुम्बई एयरपोर्टको एक भिडियो हाल सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको छ। जसमा शुरुमा शिखर एयरपोर्ट प्रवेश गरेका छन् भने त्यसको केही समयमा जान्ह्वी एयरपोर्ट पुगेको र दुवैजना स“गै एयरपोर्टभित्र गएको देखिन्छ।

जान्ह्वीले आफू र शिखरबीच कुनै प्रेम सम्बन्ध नभएको र आफूहरू असल साथी रहेको बताउ“दै आए पनि बेला–बेलामा यी दुईलाई विभिन्न स्थानमा स“गै भेटेपछि भारतीय सञ्चारमाध्यमले उनीहरूबीच प्रेम सम्बन्धबारे विभिन्न अड्कल काट्दै चासोका साथ समाचार प्रकाशन गर्दैैैै अँएका छन्। जान्ह्वी बलिउडकी चर्चित अभिनेत्री स्व. श्रीदेवी तथा निर्माता बोनी कपुरकी छोरी हुन् भने शिखर महाराष्ट्रका पूर्वमुख्यमन्त्री सुशील कुमार शिन्देका नाति हुन्। यसभन्दा अघि जान्ह्वी र शिखर मुम्बईको सडकमा नाच्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो भने गणेश चतुर्थीको अवसरमा पनि सँगै देखिएका थिए।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *