
पोखरा ४ का निर्वाचित पूर्व वडाध्यक्ष समेत रहेका, चिप्लेढुंगा निवासी पराजुलीको ७८ वर्षको उमेरमा गत आइतबार निधन भएको हो ।
प्रस्ट वक्ता, बिपी चिन्तक एवं राजनीतिका साथै सामाजिक क्षेत्रमा कर्मठ योद्धाका रुपमा परिचित पराजुलीको अथक प्रयासबाट नेपाली कांग्रेस कास्कीको भवन निर्माणका लागि जग्गा प्राप्ति भएको थियो ।
साठीघरे पराजुली समाजका संस्थापक अध्यक्ष रहेका उनी सिद्धी सेतुली स्मृति प्रतिष्ठानका संस्थापक आजीजन सदस्य हुन् ।
उनका गत सोमबार तुलसीघाटमा अन्तिम संस्कार गरिएको छ । पराजुलीका २ पत्नी, २ छोरा, १ छोरी, नातिनातिना छन् ।