टोल्कामा निशुल्क स्वास्थ्य शिविर

टोल्कामा निशुल्क स्वास्थ्य शिविर

पोखरा । अन्नपूर्ण गाउँपालिका ७ टोल्कामा लायन्स क्लब पोखरा अन्नपूर्ण र लायन्स क्लब पोखरा समर्पणको संयुक्त आयोजना निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । फिस्टेल हस्पिटलको प्राविधिक तथा एडिथ कोवान युनिभर्सिटी अस्टेलियाको सहयोगमा छाती तथा मुटुरोग, भिडियो एक्सरे, हाड जोर्नी तथा नशारोग, निशुल्क मधुमेह जाँच, इसिजी, स्त्री तथा प्रसूति रोग, बालरोग, भिडियो एक्सरे सेवा प्रदान गरिएको थियो । शिविरमा डा. भोला श्रेष्ठ, डा.गोपिलाल श्रेष्ठ, डा.माधव तिवारी, डा.अनुल श्रेष्ठ र डा. खड्ग सिंङ गुरुङले स्वास्थ्य जाँच गरेका थिए ।

गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयका सचिव विनोद कुँवरले यातायातको सुविधा नपुगको स्थानमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकोमा लायन्स क्लबलाई धन्यावाद ज्ञापन गरे । गण्डकी प्रदेशले तोल्काको पर्यटन र यातायात विकासमा विशेष सहयोग गर्ने आश्वासन दिए ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका प्रमुख डा. महेन्द्र बानियाले विकट स्थानमा लायन्स गरेको कार्यको प्रशंसा गरे ।

समाजसेवी अशोक पालिखेले लायन्सको सेवा पवित्र रहेको भन्दै फिस्टेल हस्पिटल र अस्ट्रेलियाबाट प्राप्त सहयोगले तोल्कावासी लाभान्वित भएको बताए । अन्नपूर्ण ७ का वडाध्यक्ष भरतमान गुरुङले लायन्स क्लबले यस वडालाई छनोट गरी यहाँका जनताहरुलाई निशुल्क सेवा प्रदान गरेको धन्यवाद व्यक्त गरे ।

उज्यालो भविष्य नेपालका अध्यक्ष तथा पत्रकार राजबहादुर गुरुङको समन्वयमा यस क्षेत्रका जनताले शिविरमाबाट स्वास्थ लाभ लिएका हुन् । फिस्टेल हस्पिटल रिसर्च सेन्टरका अध्यक्ष डा. भोला श्रेष्ठले हस्पिटलका डाक्टर र नर्सले यस विकट स्थानमा सेवा दिन पाएको खुसी व्यक्त गरे ।

परियोजना निर्देशक सोनाम साङ्पोले लायन्स क्लब अन्नपूर्ण वर्ष मा २ वटा स्वास्थ्य शिविर आयोजना गर्दा स्थानीयले प्रत्यक्ष लाभ पाएको जानकारी दिए । कार्यक्रममा गाउँपालिका निर्वतमान अध्यक्ष घनश्याम चापागाईं, चित्रबहादुर लेकाली, सुजन श्रेष्ठ, कार्यक्रम संयोजक बिन्दु श्रेष्ठ, लायन्स समर्पणका अध्यक्ष शर्मिला श्रेष्ठलगायतले बोलेका थिए । लायन्स अन्नपूर्णका अध्यक्ष विष्णुकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन वडा सदस्य गौप्रसाद गुरुङले गरेका थिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *