विच्छेदको गाजले

विच्छेदको गाजले

आगामी मङ्सिर ८ गते रिलिजमा आउने फिल्म विच्छेदमा समावेश गाजले बोलको गीत सार्वजनिक गरिएको छ।
राम अविरल विष्टको शब्द रचना, एसडी योगीको संगीत तथा योगी र ऋतिका श्रेष्ठको स्वर रहेको गीतमा फिल्मका प्रमुख कलाकारहरू मुकुन भुसाल र लक्ष्मी बर्देवा फिचर्ड छन्।

सुरेन बसेलले कोरियोग्राफी गरेको गीतमा प्रेमभाव प्रकट गरिएको छ। भुसाल र बर्देवाले यसअघि बुलबुलमा एकसाथ अभिनय गरेका थिए । लामो समय एकसाथ नदेखिएको यो जोडीले यस फिल्मबाट पुनः पहिचान प्राप्त गर्ने अपेक्षा गरिएको छ।

मुकुन र लक्ष्मीका अलावा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउँवाला गौतम, सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, जीवन थापा, जयराम सापकोटालगायतका कलाकारले अभिनय गरेको फिल्ममा अभिनेता मुकुन भुसालले लेखेको कथामा निर्देशक चौलागाईंले पटकथा लेखेका छन् भने एसडी योगी, सुरज थापा र आशिश महरको संगीत, सत्यराज चौलागाईं र राम अविरल विष्टको शब्द रचना, एसडी योगी, सुनिता थेगिम, ऋतिका श्रेष्ठ, सुरज थापा र आशिष महरको स्वर, संकल्प भुजेलको छायाँकन, भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ।

राजकुमार पण्डित, दिमेश श्रेष्ठ सुवास राई र सावित्री बज्राचार्यको निर्माणमा निर्माणाधीन फिल्ममा प्रवीण राजथला । सह–निर्माता रहेका छन्। निर्देशक सत्यराज चौलागाईंका अनुसार विच्छेद नेपालसँगै अन्य विभिन्न मुलुकमा समेत एकसाथ प्रदर्शनको तयारी भइरहेको छ। गाउँले परिवेशमा आधारित फिल्मको छायाँकन रामेछापको एक गाउँमा गरिएको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *