पोस्टरमा चारदाम

पोस्टरमा चारदाम

तामाङ जातिको लोपोन्मुख हँदै गएको भाषा, लिपि, भेषभूषा, कला, संस्कार र संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्ने भन्दै निर्माण गरिएको फिल्म चारदामको पोस्टर सार्वजनिक गरिएको छ।

फिल्मका सार्वजनिक चार पोस्टरमा फिल्मका प्रमुख कलाकारलाई प्रस्तुत गरिएको छ। कोशी भिजनको ब्यानरमा मोहन लोप्चन तामाङद्वारा प्रस्तुत फिल्मको पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको फिल्मका लेखक तथा निर्देशक लाखमान योञ्जन तामाङले जानकारी गराए। उनका अनुसार फिल्म चाँडै नै इटहरीमा विशेष प्रदर्शनी गरिने तयारी भइरहेको छ। तिहार अगाडि नै ट्रेलर र एक गीत सार्वजनिक गर्ने तयारीमा जुटेको फिल्मको निर्माण संस्थाले सम्पूर्ण डिजिटल राइट्स ओएसआर डिजिटललाई बिक्री गरेको छ। फिल्म आगामी मङ्सिरको पहिलो साता देशव्यापी प्रदर्शन गर्ने निर्माण युनिटको योजना छ।

सुकुमाया मोक्तान तामाङ, सुवास योञ्जन तामाङ, शान्ति पाख्रिन, मदन राई, पूर्ण लिम्बू, मोहन लोप्चन, मेनुका राई, कुमारी लिम्बू, सुम्निमा तामाङ लगायतका कलाकारको अभिनय रहेको फिल्म भोजपुर र सुनसरीका विभिन्न स्थानमा छायांकन गरिएको छ। फिल्ममा तीन गीत समावेश छ। यी गीत दीपक लिम्बू र मुना ठटालले गाएका छन् भने प्रेम कृष्ण बजगाईले संगीत गरेको गीतमा बजगाई र निर्देशक लाखमानको शब्द रचना रहेको छ। फिल्ममा सुमन तामाङको छायांकन तथा हेमन तामाङको सम्पादन रहेको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *