हवनसँगै शुरु भयो महाजात्रा

हवनसँगै शुरु भयो महाजात्रा

सुपरहिट फिल्म जात्रा र जात्रै जात्राको तेस्रो श्रृंखलास्वरूप निर्माण हुन लागेको महाजात्राको बुधबार राजधानीमा आयोजित एक समारोहबीच शुभ मुहूर्त गरिएको छ।

फिल्मको शोभा भगवतीस्थित बिजेश्वरी मन्दिरमा आयोजित समारोहबीच पूजा गर्दै शुभ मुहूर्त गरिएको हो। समारोहमा बौद्ध गुरुहरूले विश्व शान्तिको कामना गर्दै अग्नि हवन पूजा गरी छायांकन आरम्भ गरिएको छ।

पूजापछि बुढानीलकण्ठमा निर्माण गरिएको भव्य सेटबाट फिल्मको छायांकन आरम्भ गरिएको हो। ४५ दिनको छायांकन सेड्युल बनाएको फिल्म काठमाडौं र जनकपुरमा खिचिने फिल्मका निर्देशक तथा पटकथा लेखक प्रदीप भट्टराईले जानकारी गराए।

निर्देशक भट्टराईले फिल्ममा बहुघटनाको कथावस्तु रहने बताए। ‘जात्रा एउटा घटनाको थियो। जात्रैजात्रा दुई टिमको घटनामा बन्यो। महाजात्रा धेरै घटनाको कथावस्तुमा बन्ने छ’ तेस्रो श्रृंखलामा राष्ट्रिय मुद्दालाई उठान गरिएको जनाउँदै निर्देशक भट्टराईले जानकारी गराए ‘महाजात्रामा सत्य लुक्दैन, झुटो टिक्दैन भन्ने बटमलाइनमा रहेर नेसनल इस्यु उठाउँछौं। जात्रा भनेको एउटा अराजकता पनि हो।

यही जात्रालाई राम्ररी मनाउन सके सेलिब्रेसन हुन्छ। महाजात्रामा पनि नसोचेको कुरा हुन्छ।’ अभिनेता हरिवंश आचार्य र विपिन कार्कीले फिल्मलाई लिएर आपूmहरू उत्साहित भएको बताए। फिल्मका कलाकारमध्येका एक तथा निर्माता रवीन्द्र सिंह बानियाँले सबैको शान्ति र कल्याणको कामना गर्दै हवनसहित फिल्मको शुभमुहूर्त गरिएको बताए।

फिल्ममा हरिवंश र विपिनका साथमा जात्रा र जात्रै जात्राका कलाकारहरू रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा र वर्षा राउत छन् भने राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङजस्ता कलाकार जोडिएका छन्।

फिल्मको स्क्रिप्ट डाक्टरको रूपमा मनोज पण्डितलाई पनि जोडिएको छ। महापुरुषको सफलतापश्चात् महाजात्रा निर्माण गर्न लागेको षट्कोण आर्ट्सले फिल्म आगामी चैत ९ गते रिलिजमा ल्याउने जनाएको छ। अभिनेता रवीन्द्र सिंह बस्नेतका साथमा म्याक्स दीपेश खत्री र यज्ञेश्वर पौडेलले निर्माण गर्ने फिल्मको छायांकनअघि नै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *