मिस्टर इन्टरनेसनल नेपाल अभिषेकलाई फिलिपिन्सको उपाधि

पुरुषहरूको अन्तर्राष्ट्रिय सन्दौर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै भिडेका चौथो मिस्टर इन्टरनेसनल नेपाल २०२३ अभिषेक चुडालले अवार्ड चुमेका छन्।

चुडालले फिलिपिन्सको बागुयो शहरस्थित कोर्डिलेरा कन्भेसन हल अफ बागुयो कन्ट्री क्लबमा सम्पन्न मिस्टर इन्टरनेसनल २०२३ मा मिस्टर कन्जिनियालिटीको अवार्ड चुमेका हुन्। ‘अन्तर्राष्ट्रिय मञ्चमा नेपालका लागि केही न केही लिएरै आउँछु भन्ने सोच काठमाडौंबाट फिलिपिन्सतर्पm लाग्दा नै थियो। टफ कम्पिटिसनमा मिस्टर कन्जिनियालिटी अवार्ड जित्न सफल भए“ ।’ प्रतियोगिता सहभागी भई हालै मात्र स्वदेश फर्केका अभिषेक भन्छन् ‘यो मेरो लागि मात्र नभएर नेपालको पुरुष सौन्दर्य प्रतियोगिताका लागि एक उपलब्धि हो भन्ने ठानेको छु।’

हिमालय एयरलाइन्समा क्याबिन क्रु रहेका अभिषेक यसअघि मिस्टर नेपाल २०२२ मा फस्ट रनर्सअप भएका थिए। अभिषेकलाई मिस्टर इन्टरनेसनलको नेपालका लागि आधिकारिक संस्था ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जीईंईले सम्पूर्ण तयारीसहित मिस्टर इन्टरनेसनल २०२३ मा नेपालका तर्फबाट सहभागिता गराएको थियो। मिस्टर इन्टरनेसनल २०२३ मा स्पेनका जोस एन्टोनियो क्याम्पोस केलले मुख्य उपाधि चुमेका थिए। मिस्टर इन्टरनेसनल २०२३ मा विभिन्न ३५ देशका पुरुषले स्पर्धा गरेका थिए। प्रतियोगितामा अभिषेकले राष्ट्रिय पोशाक, सुटलगायत नेपाली पहिरन प्रदर्शन गरेका थिए।

काठमाडौंको मूलपानीका २५ वर्षीय चुडालले ग्रुप अफ इभेन्ट इन्टरटनेर्सबाट मिस्टर इन्टरनेसनल नेपाल २०२३ छनोट भई सो अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको तर्पmबाट प्रतिनिधित्व गर्ने अवसर पाएका हुन्। ६ फिट अग्ला अभिषेकले बिजनेस एडमिनिस्ट्रेसन एन्ड ट्राभल एन्ड टुरिजममा ब्याचलर गरेका छन्।

ग्रुप अफ इभेन्ट इन्टरटेनर्स एमआई (मिस्टर इन्टरनेसनल) को आरम्भदेखि फ्रेन्चाइज होल्डर रहेकोले मिस्टर इन्टरनेसनल नेपाललाई सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गराउँदै आएको र अभिषेकको सहभागिता त्यसकै निरन्तरता रहेको इन्टरटेनर्सका अध्यक्ष अनुप सक्सेनाले जानकारी गराए। अनुपका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि फिलिपिन्सको तयारी पुरण जोशी, प्रवीणराज जोशी र सुजन जंगमले गरेका थिए भने लोकेसन नेपालका गौतम धिमालले फोटो सुट गरेका थिए।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top