आनन्दको जनम जनम जिउँला सँगैको नयाँ भर्सनमा यशराज र वर्षा

आनन्दको जनम जनम जिउँला सँगैको नयाँ भर्सनमा यशराज र वर्षा

लोकप्रिय गायक गायिका आनन्द कार्की र सुनीता सुब्बाद्वारा स्वरबद्ध सुपरहिट गीत जनम जनम जिउँला सँगै भाकेर वर पिपलुको रिक्रियट भर्सन सार्वजनिक भएको छ।

वर पिपल नामक फिल्ममा समावेश गीतको रिक्रियट भर्सन सार्वजनिक गरिएको हो। नयाँ भर्सनको गीत आनन्द कार्की र मिलन नेवारले गाएका छन्। गीतमा शम्भुजित बास्कोटाको संगीत र सोही फिल्मका निर्देशक लक्ष्मीनाथ शर्माका शब्द रचना रहेको छ।

रिक्रियट भर्सनको गीतको भिडियोमा यशराज गराच र वर्षा राउतले अभिनय गरेका छन्। भिडियोको निर्देशन सुव्रत आचार्य, कोरियोग्राफी सन्तोष राजवाहक छायाँकन उत्सव दाहाल र सम्पादन बिजेश पौडेलले गरेका छन्। फिल्मको भिडियोमा अभिनेता स्व. श्रीकृष्ण श्रेष्ठ र पूजा चन्दले अभिनय गरेका थिए।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *